रूद्र श्रीसमगर
पोखरा, असोज ८ – बेलायती सेनाको ब्रिगेड अफ गोर्खाज अन्तर्गत क्वीन्स गोर्खा इञ्जिनियर्सको ६८ औं जन्मदिन मनाइएको छ ।
ब्रिटिश गोर्खा पोखरास्थित शनिबार एक समारोहको आयोजना गरी क्वीन्स गोर्खा इञ्जिनियर्सको जन्मदिन मनाइएको हो । जन्मदिन विशेष कार्यक्रममा बेलायती सेनाका लेफ्टिनेन्ट कर्णेल विटलकले केक काट्नुभएको थियो ।
जन्मदिनकै अवसरमा क्या. पूर्णबहादुर ह्योल्मो र कर्पोरल स्व. छविलाल थापाकी कान्छी छोरी वर्षा थापालाई पीजीएम पिड्डत जासा मलेसिया तक्माबाट विभूषित गरिएको थियो भने क्या. गंगाबहादुर गुरुङलाई साउथ एट्लान्टिक तक्माबाट विभूषित गरिएको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजले गरिरहेको मर्मत सम्भार र निर्माणसम्बन्धी जानकारी मेजर ओएक्स र लेफ्टिनेन्ट कर्णेल Þवाइटले दिनुभएको थियो । कार्यक्रममा क्या. मोहन गुरुङले राफल ड्र तथा डब्लू ओ वान धन गुरुङले मनोरञ्जन गराउनुभएको थियो ।
क्वीन्स गोर्खा इञ्जिनियर्स (क्यूजीई) रेजिमेन्टल एशोसिएसन पोखराका अध्यक्ष मेजर हुकुमराज थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डब्लू ओ टु जगत गुरुङ तथा क्या. गणेश गुरुङले स्वागत गर्नुभएको थियो ।
