गोविन्द घर्ती मगर
बुटवल, असोज ७ – समाज रुपान्तरणमा स्व. मनवीर गर्वुजाको योग्दान रहेको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकामगरले बताउनु भएको छ ।
उहाले सकारात्मक सोचका साथ समाज विकासको बाटो अघि बढ्नु पर्नेमा जोड दिनु भयो । मनवीर गर्वुजा पुनमगर प्रष्ठिान द्धारा आयोजित स्व. मनवीर गर्वुजाको पाचौ स्मृति दिवस तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै अध्यक्ष रोकाले स्व. गर्वुजाले अभियानलाई आत्मसाथ गर्न सके मात्र मनवीर गर्वुजा प्रति सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
उहाले समाज विकासको लागि स्व. मनवीर गर्वुजाले जातीय, भाषिक, आर्थिक अभियान संचालन गरेर उदाहरणीय काम गरेको बताउनु भयो । अध्यक्ष रोकाले व्यक्तिवादी चिन्तन छोडेर सकारात्मक सोचका साज समाज र राष्ट्र निर्माणको लागि लाग्नु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा रेडियो समावेशीले स्थापना गरेको स्व. मनवीर गर्वुजा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट भिमप्रसाद गुरुङ्गलाई सम्मान गरेको छ ।
पत्रकार गुरुङ्गले सञ्चार क्षेत्रबाट आदिवासी जनजातिहरुको अधिकार, भाषा तथा जनचेतना जगाउने काम गरेको भन्दै सम्मान गरिएको रेडियो समावेशीका अध्यक्ष प्रकाश रानाले जानकारी दिनु भयो । साथै सोही अवसरमा स्व. मनवीर गर्वुजा प्रतिष्ठानले स्थापना गरेको समाजसेवी पुरस्कारबाट ईन्जिनियर गमप्रसाद रेश्मीलाई समेत सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तुलवीर गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल हिलपार्क परिषदका अध्यक्ष भिम तुलाचन, आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, नेपाल प्रेस चौतारीका केन्द्रिय सचिव भरत केसी, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामप्रसाद वन्जाडे, नकेपा माओवादीका अमर आरसी, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष विमला गुरुङ्ग, जनजाति महासंघक पुर्व अध्यक्ष होमबहादुर गलामी, नेपाली काग्रेसका राजु गुरुङ्ग, रेडियो समावेशीका अध्यक्ष प्रकाश राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो । मिलन गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
