रेडियो पत्रकारितामा जम्दै इक्सा !

भैरब आङ्ला

धरान, असोज ६ – मिस पुर्वाञ्चल २०१६ मा सेकेण्ड रनरअपको ताज जिते पछि अहिले धरानकी १८ वर्षिय इक्सा मादेनको मन संचार तिर मोडिएको छ ।

कक्षा १२ मा विज्ञान विषय लिएर पढदै गरेकी ईक्साको जीवनले अहिले पछिल्लो समय अध्यायन संगै रेडियोमा टर्न मार्न सफल भएकी छिन् । पुर्वको धरानमा रहेको विजयपुर एफएममा रेडियो कार्यक्रम उत्पादन सम्वन्धी तालिम लिदै रेडियोमा प्रवेश गरेकी इक्सा मादेनले अहिले विजयपुर एफएमवाट प्रशारण हुने म्युजिकल वाईट, मण्डे मेनिया, यात्रा, सुरेश एण्ड इक्सा लाईभ, सनसिल्क म्युजिक सेनसेसन लगायतको कार्यक्रम चलाउने इक्सा भन्छिन् रेडियो भित्र साच्चै रमाईलो हुदोरहेछ ।

हिजो रेडियो नवुझदा के हो केहो लाग्ने इक्सालाई अहिले रेडियोमै जीवन भेटेको अनुभव छ । रेडियो सुन्दा जति रमाईलो र प्रतिकृया दिन जति सजिलो हुन्छ तर यहा पसेर भिजेर काम गर्दा निक्कै गाह्रो हुदो रहेछ भन्ने इक्साको वुझाई छ ।

मिस पुर्वाञ्चल पछि आफनो वाकी समय पत्रकारितामा संघर्ष गर्ने उनी बताउछिन् । रेडियोमा काम गर्न थाले पछि आफनो व्यत्तिगत जीवनमा पनि आत्म विश्वास वढेको वताउछिन् । अहिले सम्म कसै संग प्रेममा नपरेको दावी गर्ने इक्सा भविश्यमा लव एरेन्ज म्यारिन्जनै गर्ने उनी वताउछिन् ।

विजयपुर एफएमवाट प्रशारण हुदै आएको रेडियो कार्यक्रम यात्रा का लागि हरेक हप्ता धरान आसपास र पुर्वका विभिन्न पर्यटकिय स्थलहरुको अवलोकन र अध्यायनका लागि साप्ताहिक धराने हाईकिङमा सहभागि हुदा अग्रजहरुवाट धेरै कुरा सिक्न पाएकोमा उनी झनै दंग छिन् ।

५ फिट ६ ईन्च उचाईकी धनी इक्सा धरानमै जन्मेर हुर्केको भए पनि लिम्वू भाषा राम्रो संग वोल्न सक्छिन् । घरमा सवैले लिम्वू भाषा वोल्ने भएकोले पनि मैले लिम्वू भाषा वोल्न सक्ने भएकी हु । इक्सा भन्छिन् समय मिल्यो भने विजयपुर एफएममा लिम्वू भाषाको कार्यक्रम समेत चलाउने योजना रहेको वताउछिन् । रेडियोमा उनले चलाएका अधिकांस कार्यक्रम अंग्रेजी छन् ।

त्यसमा पनि पुर्वको पर्यटन प्रर्वद्धनका लागि विजयपुर एफएमको कार्यक्रम यात्रामा यात्राको क्रममा आफुले भोगेको, अनुभव गरेको कुरा सेयर गर्न पाउदा निक्कै रमाईलो हुने वताउछिन् । रेडियोमा विषेश गरेर आफनो रुचि समाचारमै रहेकोले भोलि गएर रेडियोमा समाचारमै काम गर्ने सोच रहेको पनि उनी वताउछिन् ।

यसरी मिस पुर्वाञ्चल पछि रेडियो सम्म आईपुग्दा विभिन्न म्युजिक भिडियोमा खेल्न अनुरोध आए पनि रेडियो र पढाईमा व्यस्त भएकोले समय दिन नसकेको वताउछिन् । राम्रो कथा वस्तु भएको म्युजिक भिडियोमा काम गर्ने अफर आयो भने समय मिल्यो भने काम गर्ने सोच छ तर हेरौ के हुन्छ ? भन्ने ईक्सा मादेनले युवाहरु कुलतमा फसीरहेको देख्दा निक्कै दुःख लाग्छ ।

यसवारेमा पहिलो कुरो अभिभावकनै सही हुनुपर्ने र युवाहरुले पनि भविश्य वारेमा सचेत भएर युवाहरु अघि वढनु पर्ने वताउछिन् । धरान त्यसै पनि फेसनको शहर हो यसले गर्दा युवाहरु फेसनेवल देखिनु स्वभाविक हो, तर कसरी फेसन गर्दा समाजले पच्छ त्यसवारेमा सवै सचेत हुन जरुरी रहेको इक्सा वताउछिन् । आफनो भाषा संस्कार संस्कृति भनेको कुनै पनि मानिसको जिवन हो त्यसैले पनि म लिम्वू भाषा संस्कार संस्कृति भने पछि भुत्तुक्कै हुन्छु ।

रेडियोमा जम्दै गरेकी इक्सा पत्रकारितामा पनि आफनो पाईला वढाईरहेकी छिन् । समयले साथ दियो भने आफु लिम्वूको छोरी भएकोले किरात धर्मको वारेमा खोज अनुसन्धान गरेर पुस्तक लेख्ने योजना छ भन्छिन् । यसवारेमा मलाई सानै देखि जान्ने रहर थियो । त्यसैले चाडै किरात धर्म र दर्शनको वारेमा किरात धर्मगुरुलाई भेटन गुरु आश्रम जादैछु । कम उमेरमा थुप्रै सपना वोकेकी इक्सा मादेनको जीवनले सफलता चुमोस शुभकामना ।