गोविन्द घर्ती
देवदह, असोज ६ – परियोजनाले संचालन गरेको घुम्तीकोषले द्धन्द्ध प्रभावितहरुको आर्थिक स्तर माथि उकास्न महत्वपूर्ण भूमिका खेलेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 
उनीहरुले परियोजनाले देवदह क्षेत्रमा रहेका द्धन्द्ध प्रभावितहरुको पहिचान गरी उनीहरुको आर्थिक स्तर सुधार गर्न काम गरेकोमा धन्यवाद दिएका थिए । नमुना एकिकृत विकास परिषद समन्वयले संचालन गरेको परियोजनाको समापन बैठकमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
परियोजनाको ३ बर्षे कार्यकालमा देवदह क्षेत्रमा रहेका द्धन्द्ध प्रभावितहरुको पहिचान गरी उनीहरुलाई जिवीकोपार्जन तर्फ अग्रसर गराउने काम गरेको, लैगिक हिंसा, सचेतना कार्यक्रम लगायतका कामहरु गरेको सो अवसरमा जानकारी गराईएको थियो ।
बैठकको औचित्य माथि प्रकाश पार्दै नमुना एकिकृत विकास परिषद समन्वय समितिका अध्यक्ष ज्ञानु पौडेलले रुपन्देही जिल्लाको १२ वटा गाउपालिका र ६ वटा नगरपालिकामा परियोजना संचालन गरेको बताउनु भयो ।
ज्ञानु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकाल, सल्लाहकार वासुदेव रिमाल लगायतले बोल्दै उत्पादन क्षेत्रमा लाग्न सके आत्मनिर्भर बन्न सक्नेमा जोड दिएका थिए ।
स्थानीय शान्ति समिति देवदहका सदस्य वालकुमार श्रेष्ठको स्वागत, अनिता चौधरी र मेघनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
