माओवादी केन्द्र कास्कीले १५ हजार पार्टी सदस्य पुर्याउने !

Read Time:4 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, असोज ५ – नेकपा (माओवादी केन्द्र) कास्कीले पार्टी सदस्य १५ हजार पुर्याउने भएको छ । माओवादी केन्द्र कास्कीको बुधबार बसेको जिल्ला सचिवालय बैठकले सदस्यता नवीकरण एवं नयाँ सदस्यता वितरणसँगै पार्टी सदस्य संख्या बढाउने निर्णय गरेको हो ।

माओवादी केन्द्र कास्कीका संयोजक राजकाजी गुरुङ ‘करण’ले असोजदेखि कात्तिक १५ गतेभित्र पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण कार्यलाई तीव्रता दिइने निर्णय गरिएको जानकारी दिनुभयो । केन्द्रमा विभिन्न दश कम्युनिष्ट घटकहरूबीच एकता भएसँगै जिल्लामा पनि असोज २० गतेभित्र एकता भेलाहरू सम्पन्न गर्ने माओवादी केन्द्र कास्कीको योजना छ ।

सचिवालय बैठकले कात्तिक १५ देखि मंसिर १५ गतेसम्म वडा, गाउँ र नगर एकता सम्मेलन गरिसक्ने तथा पुसको पहिलो सातामा जिल्ला एकता सम्मेलन गर्ने निर्णय गरेको संयोजक करणले जानकारी दिनुभयो । यसैगरी, बैठकले कार्यविभाजन समेत गरेको छ ।

जस अन्तर्गत कास्की क्षेत्र नं. १ को संयोजकमा लालमोहन तिवारी, सह–संयोजकमा विनय थापा, क्षेत्र नं. २ को संयोजकमा गायत्री दुरा, क्षेत्र नं. ३ को संयोजकमा गंगा पोखरेल, क्षेत्र नं. ४ को संयोजकमा रामजी बराल ‘जीवन’, पोखरा उपमहानगरपालिकाको संयोजकमा दीपक कोइराला ‘रुपक’ र लेखनाथ नगरपालिकाको संयोजकमा शिवजी लामिछानेलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, बैठकले जिल्ला कार्यालय सचिवको जिम्मेवारी धर्म गुरुङलाई दिएको छ ।

माओवादी केन्द्र कास्कीको सचिवालय बैठकले विभिन्न जनवर्गीय संगठन एवं मोर्चाहरू र विभागहरूका लागि समेत कार्यविभाजन गरेको छ । जस अनुसार संगठन विस्तार र एकता बैठकहरूलाई तीव्रता दिने निर्णय पनि बैठकले गरेको छ भने हालसम्म भएको जिल्ला पार्टीको खर्च र आम्दानी पनि अनुमोदन गरेको छ ।

त्यस्तै, माओवादी केन्द्र कास्कीले आफ्नो पार्टीको नेतृत्वमा भएको वर्तमान सरकारले गरेका सकारात्मक कार्यहरूलाई जनसमक्ष माओवादी केन्द्र कास्कीले १५ हजार पार्टी सदस्य पुर्याउने !विशेष पहल गर्ने भएको छ ।

बैठकमा सहभागी जिल्ला सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रका तर्फबाट भाव सम्प्रेषणसहित प्रशिक्षण दिँदै माओवादी केन्द्र प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कुरालाई जनसमक्ष पुर्याउने निर्देशन दिनुभयो ।

देश अहिले संवेदनशील मोडबाट गुज्रिरहेको र चुनौतीपूर्ण अवस्थामा पार्टीले सरकारको नेतृत्व सम्हालेको जनाउँदै संयोजक आचार्यले माओवादी केन्द्रलाई सिध्याउन चारैतिरबाट गरिएको घेराबन्दी तोड्न पार्टी पंक्ति एकताबद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %