धरानमा सिडिओ चापागाईद्धारा पत्रकार माथि दुव्र्यवहार !

Read Time:2 Minute, 0 Second

भैरब आङ्ला

धरान, असोज ५ –  सुनसरीको धरानमा पत्रकारहरुलाई सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाईले दुव्र्यवाहार गरेका छन् ।

केही दिन अघि केटीएम सेक्युरिटी सर्भिस प्रालिका व्रण्ड एम्वेसडर कलाकार सन्तोष पन्तले सेक्युरिटी सर्भिसमा कार्यरत एक महिलालाई यौन दुव्र्यवहार गरेको विषयमा छलफल भईरहेको अवस्थामा पत्रकारहरु रिपोर्टिङ गर्न कान्तिपुर दैनिकका प्रदीप मेयाङबो, विजयपुर एफएम र औजार दैनिकका रणध्वज लोहार, पुर्णङक साप्ताहिकका जनकऋषी राई र विकास चाम्लिङ माथि दुव्र्यवाहार भएको छ ।

नेपालकै चर्चित कलाकार सन्तोष पन्तले यौनदुव्र्यवहार गरेका महिलाको वारेमा प्रहरीमा उजुरी दर्ता नभए पछि प्रमुख जिल्ला अधिकारीको अगुवाईमा वसेको छलफलको क्रममा पत्रकारहरुलाई दुव्र्यवाहार गरिएको हो ।

दुव्र्यवाहार पछि प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाईले पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे सहितको पत्रकार टोलीलाई माफी मागेका छन् । उनले पत्रकार नचिनेको र आवेशमा आएर आफुवाट गल्ति भएको स्वीकार्दे माफि मागे ।

पिडित महिलाको अहिले सम्म जाहेरी प्रहरीमा दर्ता नभएको र केटिएम सेक्युरीटी सर्मिस प्रालिले माथिवाटै सेटिङ मिलाएर महिला संन्जाल धरान सहितले आन्तरीकरुपमै मिल्ने दवाव दिईरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %