माया घले मगर
काठमाण्डौ, असोज ५ – (न्युरोफिब्रियोम्याथोसिस – Neurofibromatosis) नामक ट्युमरका कारण पीडित बनेका ललितपुर उपमहानगरपालिका वडा नं ३ धोविघाटका अशोक श्रेष्ठको उपचारका लागि इजराइलबाट आर्थिक सहयोग गरिएको छ ।

शनिबार राजधानीमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा कपिलवस्तु दिवस अभियान नेपालका, नेपाल अध्यक्ष हरि कुमार श्रेष्ठ, अभियानका सल्लाहकार तथा ललितपुरका पूर्व मेयर बेखारत्न शाक्य, उपाध्यक्ष निलकण्ठ तिवारी, महासचिव श्री कुमार श्रेष्ठ, सचिव निलेश अधिकारी, सदस्य चन्दा थापा लगायतको उपस्थितिमा अशोक श्रेष्ठलाई ५५,६३० (पचपन्न हजार ६ सय ३०) रुपैयाँ सल्लाहकार शाक्यको हातबाट हस्तान्तरण गरिएको हो ।
उक्त रकम इजरायलमा कार्यरत कपिलवस्तु दिवस अभियानकी इजरायल संयोजक मिना वान्तवा र भिमा माया नेम्वाङको सक्रियतामा इजरायलमा रहेका अन्य नेपाली दाजुभाइ र दिदीबहिनीको सहयोगी मनबाट प्राप्त भएको हो ।

३ हजार मानिसमा १ जनालाई देखिने यस्तो रोगको उपचारका लागि अशोक केहि महिनामै अमेरिका जाँदैछन् । उपचारका लागि पहिलोपटक ३५ हजार डलर खर्च हुने र उपचार गर्दै जाँदा कति खर्च लाग्छ भन्ने अनुमान नभएको पनि अशोकले कार्यक्रममा बताए ।अशोकका उपचारका लागि देश विदेशमा रहेका नेपालीले आर्थिक सहयोग जुटाउने अभियानमा लागेका छन् ।