संजय सिंजाली मगर
भैरहवा, असोज ४ – सिंगो आदिबासी जनजाती, मधेसी, शिल्पिसमुदाय, महिला, मुश्लिम, पिछडा बर्ग र अल्पसंख्यक शोसित उत्पिडन जाती समुदाय को हक अधिकार बिपरित जारी भएको संविधान असोज-३ गतेको दिनलाई कालो दिन को रुपमा सयुक्त गठबन्धन दल जिल्ला रुपन्देहिले भब्यरुप मा सम्पन्न गरेको छ ।
गठबन्धन का सहभागी राजनितिदल हरु संयोजक रास्ट्रीय जनमुक्ती पार्टी ले गरेको थियो भने सदस्य सहभागी दलहरु संघिय समाजबादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभाबना पार्टी, तराइमधेस समाजबादी पार्टी, रास्ट्रीय मधेस समाजबादी पार्टी, नेपाल सदभाबना पार्टी, मधेस जनधिकार फोरम गणतान्त्रिक, थारुहट तराई पार्टी नेपाल बाट सयुक्त एक्यवद्धता जनाएको थियो ।
यस बिरोध सभा मा जनमुक्ति पार्टी को बाक्लो उपस्थिती रहेको थियो बिरोध सभालाइ सफल पार्न वडा, नगर, क्षेत्र, जिल्ला, राज्य र केन्द्रिय स्थरका नेता कार्यकर्ता हरुको बृहत् सहभागिता रहेको थियो। अन्ततः कार्यक्रम सफल बनाउन सहयोग पुराईदिनु हुने सम्पुर्ण गठबन्धन दलका नेता कार्यकर्ता, शुभचिन्तकहरु, बुद्धिजिबि तथा सचेत नागरिकहरु ब्यबसायिहरु पत्रकार मित्रहरु जिल्ला प्रहरी तथा सुरुक्षा निकाए हरु आदि सबैलाई गठबन्धन जिल्ला रुपन्देही हार्दिक धन्यवाद प्रकट गर्दछ ।
बिरोध सभा लाई सम्बोधन गर्न जनमुक्ति को तर्फ देखि लुम्बिनी राज्य परिषद का कार्यबाहक अध्यक्ष धनी आले, सघिय परिषद सदस्य हरि ओम बिक र कार्यक्रम संयोजक गर्नु भएका पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङ रहनु भएको थियो भने कार्यक्रम संचालन पार्टी का जिल्ला सचिब चित्र बहादुर गुरुङ ले गर्नु भएको थियो ।
