सोनु थापा मगर
बुटवल, असोज ४ – नेपाल मगर महिला संघले आफ्नो १९ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरी देशैभर मनाएका छन् । यता नेपाल मगर महिला संघ जिल्ला समिति रुपन्देहीले सोमबार सडक बालबालीकालाई खाना खुवाएर मनाएको छ ।
त्यसैगरी हातमा कालो पट्टी बांधेर तिलोत्तमाका मगर महिलाहरुले १९ औं संघको स्थापना दिवस मनाएका छन् । नेपाल मगर महिला संघ तिलोतमा नगर समिति, तिलोतमा, रुपन्देहीले हातमा कालो पट्टी बांधेर मणिग्राममा आफ्नो स्थापना दिवस मनाएका हुन् ।
मगर महिलाहरुले संविधानमा मगर लगायत आदिवासी जनजातिका अधिकार कुन्ठित गरि जारी गरिएकाले संघको स्थापना दिवसमा हातमा कालो पट्टी बांधेर दिवस मनाउनु परेको गुनासो गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान संशोधन वा पुर्नलेखन गरेर भएपनि टुक्रा–टुक्रा पारि विभाजित गरिएको मगरलाई एउटै कलष्टरमा ल्याउनुपर्नेमा जोड दिएका थिए
।
कार्यक्रममा मगर संघका कावा गीता सारु, नेपाल मगर महिला संघ, जिल्ला समिति, रुपन्देहीका सचिव केशरी गाहा, नेपाल मगर चलचित्र कर्मी संघका केन्द्रीय सचिव तथा जनजाति महासंघ तिलोत्तमा नगर अध्यक्ष शंकर गाहा, नेपाल मगर संघ, तिलोतमा नगर समितिका अध्यक्ष प्रेम थापामगर, नेपाल मगर युवा संघ, तिलोतमा नगर समितिका अध्यक्ष नरबहादुर छन्त्यालमगर, नेपाल मगर बौद्ध समाज, तिलोतमा नगर समितिका अध्यक्ष पूर्णबहादुर बलाल, यानु पुन, निर्मला थापा, दमन्ती थापा, लिलमाया राना, शिवा थापा, चन्दा थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम संघकी अध्यक्ष मिनकुमारी पाटामगरको अध्यक्षता, सचिव राधिका श्रीसको सञ्चालन तथा उपाध्यक्ष हिमकुमारी थापाको स्वागतमा सम्पन्न भएको थियो । संघको स्थापना ०५५ साल असोज ३ गते भएको हो ।
