अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड !

Read Time:2 Minute, 52 Second

 

सोनु थापा मगर

बुटवल, असोज ४ –  संविधान संशोधन वा पुःर्नेलेखन गरेर आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्नुपर्नेमा सोमबार बुटवलमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले संविधानमा भएका त्रुटीलाई सच्चाएर भएपनि सबैका अधिकार सुनिश्चित हुनुपर्ने पनि बताए । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, रुपन्देहीले बुटवलमा गरेको संविधान दिवस र आदिवासी जनजातिकोसवाल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
   
कार्यक्रममा बोल्दैं राष्ट्रिय जनमुक्ति पार्टी, रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङले सार्थक र निर्णायक आन्दोलन विना शासक वर्गले आदिवासी जनजातिको अधिकार सुनिश्चित नगर्ने जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रका नेता पुरन गुरुङले आदिवासी जनजातिहरुले आधार विनाको आन्दोलन गरेकाले अधिकार प्राप्तीको लडाईमा जीत हात पार्न नसकेको बताउंनु भयो ।

नेकपा क्रान्तिकारी माओवादी, रुपन्देहीका संयोजक भुलबहादुर सुनारी मगरले संविधान संशोधन नभई खारेजी नै गरेर जनताको संविधान बनाउनुपर्नेमा जोड दिनुभयो । नयां शक्ति नेपालका नेता यज्ञ पोख्रेलले जारी संविधानले सबैभन्दा बढि मगर र थारु समुदायलाई घात गरेकाले सच्चाउनु पर्ने बताउनु भयो ।

महासंघका अध्यक्ष दलबहादुर छन्त्यालको अध्यक्षता,सचिव ज्ञानेन्द्र भुजेलको सञ्चालन तथा उपाध्यक्ष विमला गुरुङको स्वागतमा भएको कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीका अध्यक्ष सुर्जेलाल गुरुङ, नेपाल छन्त्याल संघ, रुपन्देहीका कावा अध्यक्ष भरत छन्त्याल, नेपाल मगर पत्रकारसंघ, रुपन्देहीका अध्यक्ष सनु थापामगर, नेवाःपुचःबुटवलका पूर्व अध्यक्ष अरुणलाल श्रेष्ठ, थारु कल्याणकारीणी सभा, रुपन्देहीका सदस्य बुद्धिराम चौधरी लगायतले बोल्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %