नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसमा मगर महिलालाई कानूनी शिक्षा !

Read Time:2 Minute, 24 Second

रूद्र श्रीसमगर

पोखरा, असोज  ३ – नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसका अवसरमा कास्कीमा महिला कानूनी शिक्षाका विषयमा एक दिने अन्तरक्रियात्मक गोष्ठी गरिएको छ ।

नेपाल मगर महिला संघ कास्कीद्वारा सोमबार आयोजित कार्यक्रममा नागरिक सूचना केन्द्र गण्डकीकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले कानूनी शिक्षाबारे सहजीकरण गर्नुभएको थियो । अधिवक्ता गुरुङले दैनिक व्यवहारमा आइपर्ने कानूनी अड्चन र महिलाहरूमाथि हुने समस्या समाधानका उपायबारे अवगत गराउनुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले आफ्नो हकअधिकारका लागि मगर महिलाहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

पोखरा उपमहानगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले आफ्नो भाषा, संस्कृति जगेर्नाका लागि मगर महिलाहरूले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

जिल्ला महिला तथा बालबालिका कार्यालय कास्कीका अधिकृत उमादेवी अधिकारीले मगर महिलाहरूले मगर संस्कृति र भेषभूषाको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका व्यवसाय प्रवद्र्धन अधिकृत वीरेन्द्र वैद्य, नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतले शुभकामना दिनुभएको थियो ।
 
नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कोपिला थापामगरले सञ्चालन गर्नुभएको थियो ।
र

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %