कृष्ण सारू मगर
काठमाडौ, असोज २ – नेपाल मगर संघ ओमानले संघका संस्थापक अध्यक्ष होम आले मगर, महासचिव पुर्ण आले मगर र सल्लाहाकार गुन बहादुर साठीघरे मगरले अबिस्कार अभियान केन्द्रका डा. महाबिर पुन मगरलाई उहाकै निबासमा पुगेर नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव ज्ञानेन्द्र पुन मगरको सह्योगमा नेरू बीस हजार दुईसय तीस हस्तान्तरण गरेको छ ।
उनले सन् २००७ मा एशियाको (म्यागासेसे) उपाधिका नोबेल पुरस्कार बिजेता भएकोले अब देशलाई समृद्ध नेपाल बनाउने लक्ष लिएका पुन मगरले पटक पटक जिल्ला देखि केन्द्रमा रहेका विभिन्न सरकारी कार्यलय र मन्त्रालय बाट आश्वासन बाहेक केही उपलब्धि हात पार्न सकेनन् ।
अन्ततः स्वाभिमानी आदरणीय नेपाली जनताको सह्योगमा आविष्कार केन्द्रले आफुले पाएको उपाधिको प्रतिफल आफ्नै राष्ट्रमा प्रमाणित गरी स्थापना गरेर देखाउने अभिलाषा बोकेर शाहसी पुन मगरले स्वदेश तथा विदेशमा रहेका नेपाली संग आग्रह-पुर्वाग्रह अनुरूप साथ दिन समेत सबै पक्षमा हार्दिक अपिल समेत गरेका कारण यस अभियानमा युवा, महिला तथा भद्रभलाद्मी शुभेच्छुक एवं समाजसेवी, बुद्धिजीवी, बाट सह्योग जुटिरहेको उनले बताएका छन् ।
रोजगारीको शिलशिलनमा ओमनमा रहेका मगरहरूले “जहाँ मगर त्यहाँ मगर संघ” भन्ने अभियानका साथ २०११ मा स्थापित नेपाल मगर संघ ओमानले डा. पुन मगरको विकास मुलक कार्यआयोजना यस अभियानलाई सफल बनाउन साथ, सह्योग, समर्थन जनाउँदै ऐक्यबद्धता जनाएको हो ।
