आदर्श कला केन्द्र विशेष सांगीतिक साँझमा झुमे पोखरेली !

Read Time:2 Minute, 8 Second

रूद्र श्रीसमगर

पोखरा, असोज २ – आदर्श कला केन्द्र, पोखराले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरेको  आदर्श कला केन्द्र विशेष सांगीतिक साँझमा निकै संख्यामा पोखरेलीहरू झुमे । राष्ट्रियस्तरमा चर्चित विभिन्न कलाकारहरूका प्रस्तुती हेर्न आएका पोखरेलीहरू पोखरा सभागृह हलमा खचाखच भरिएका थिए ।

कार्यक्रममा लोकदोहोरी गायक प्रजापति पराजुली, राजु परियार, पुरुषोत्तम न्यौपाने, गायक मनोज राज, कमल किरण, नृत्य निर्देशक सुवास राई, जादुगर बलराम सरकारलगायतले पोखरा सभागृह हललाई संगीतमय बनाए । फरक क्षमता भएका कलाकारहरू चेतप्रसाद अधिकारी र खिमा सापकोटाको नृत्यले दर्शकलाई निकै आकर्षित ग¥यो भने नृत्याड्डना एनी थापामगरको नृत्यले पनि रौनकता थप्यो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संगीतकार प्रकाश गुरुङले आदर्श कला केन्द्रले थुप्रै प्रतिभाशाली कलाकारहरू जन्माउन सफल भएकोमा बधाई दिँदै राष्ट्रका सम्पत्ति कलाकारहरूलाई राज्यले विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आदर्श कला केन्द्रका भूपू विद्यार्थीहरू एवं सहयोगदाताहरूलाई सम्मान समेत गरिएको थियो ।

आदर्श कला केन्द्रका सञ्चालक गायक एवं संगीतकार जयकुमार परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्वय मन क्षत्री र लक्ष्मी जिसीले गरेका थिए भने केन्द्रका सल्लाहकार एवं सञ्चार उद्यमी सरस्वती गुरुङले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %