जिल्ला शाखा र एसोसियटका अध्यक्षको भेला भोलि
देब पचभैया
पाल्पा, भाद्र २९ – नेपाल पत्रकार महासंघको केन्द्रिय समितिको वैठक पाल्पाको रानीघाट दरबारमा शुरु भएको छ ।
बिहान ११ बजेदेखि दरबारको बिच तलामा बैठक जारी रहेको पत्रकारमहासंघ पाल्पाका शभापति राजेश कुमार अर्यालले जानकारी दिनुभयो । केन्द्रिय समितिको बैठक सम्पन्न गर्न पाल्पाली पत्रकारहरु बिहानै देखि दरबार पुगेका थिए ।
केन्द्रिय समितिको बैठक आजै सकिने र टोली तानसेन फर्किने पत्रकार महासंघ पाल्पाले जनाएको छ । सदरमुकाम तानसेन देखि झण्डै १२ किलोमिटर उत्तर, कालीनदीको किनारमा अवस्थित रानीघाट दरबार, तत्कालिन राजा खड्गशमशेरले रानी तेजकुमारीको संझनामा निर्माण गरेका हुन् । नेपालको ताज महलको रुपमा परिचित रानीघाट दरबार उत्तर वाहिनि नदीको किनार बाटै निर्माण गरिएको छ । रानीमहल र त्यस वरिपरिका क्षेत्रको प्रचार प्रसार र बिकासका लागी पनि दरबार परिषरमै बैठक राखिएको हो ।
देश भरका पत्रकार तानसेनमा
पत्रकार महासंघका जिल्ला शाखा र एसोसिएट अध्यक्षहरुको भेला भोलि तानसेनमा हुदैछ । भेलामा सहभागी हुन देशै भरका पत्रकार आज पाल्पा आउदैछन् । सुचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले उद्घाटन गर्ने भेलामा श्रमजीवी पत्रकारका पेशागत हकहित, महासंघका संगठनात्मक विषय र समग्र पत्रकारिताको विकासका बारेमा छलफल भई विद्यान जारी गरिने पत्रकार महासंघका महासचिब उजिर मगरले जानकारी दिनुभयो ।
चितवनमा सम्पन्न साधारण सभाले नेपाल पत्रकार महासंघका पूर्वसभापति सुरेश आचार्यको संयोजकत्वमा गठित समितिले विद्यान जारी गर्नेछ । महासंघको संगठनात्मक अवस्था र शुद्धीकरण, पत्रकारको सामाजिक सुरक्षा, श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम् पारिश्रमिक कार्यान्वयन, महासंघ केन्द्रको कार्य प्रगतिबारे पनि भेलामा बृहत छलफल हुने छ ।
देशभरका पत्रकार एबं पाहुनालाई स्वागत गर्न तानसेनका चोक चोकमा जिल्लाका संचार गृह, सरकारी एबं गैरसरकारी सस्थाहरुबाट ब्यानरहरु राखिएका छन् । तानसेनको नगरपालीका हलमा हुने कार्यक्रममा पाल्पाली बिविध कला र सस्कृति पनि प्रस्तुत गरिने छ ।
