सहकारीहरुले सामाजिक दायित्वलाई पुरा गर्नु पर्ने !

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती

देवदह, भाद्र २६ – सहकारीहरुले सामाजिक दायित्वलाई पुरा गर्न लाग्नु पर्ने जिल्ला सहकारी संघ, रुपन्देहीका संचालक प्रकाश अर्यालले बताउनु भएको छ ।

उहाले सहकारीहरुले सामाजिक काम गर्दा शेयर सदस्य लगायत सिंगो समाजलाई फाईदा क्रियाकलाप गर्नुपर्ने बताउनु भयो । सदस्य अर्यालले मानव बेचविखन विरुद्धमा सहकारीहरुले सचेतना जगाउने विभिन्न कार्यक्रम गर्नु पर्नेमा समेत जोड दिनु भयो । मानव बेचविखन तथा ओसार पसार विरुद्धको १० औ राष्ट्रिय दिवसको अवसरमा चेली कृषि सहकारी संस्था देवदहले आयोजना गरेको सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

उहाले सहकारीका शेयर सदस्य मार्फत मानव वेचविखन तथा ओसार पसार सम्वन्धी सचेताना कार्यक्रम गर्नुपर्नेमा जोड दिनु भयो । सहकारीले देवदहको खैरेनी चोकमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध सडक नाटक प्रदर्शन गरेका थिए ।

सहकारीका अध्यक्ष सावित्रा वस्यालको अध्यक्षतामा भएको कार्यक्रममा केआई नेपालका चेली परियोजना संयोजक मोती खनाल, देवदह मेलमिलाप केन्द्रका देवु भट्टराई, नवप्रभात महिला सहकारीका निर्मला अधिकारी, उद्योग व्यापार संगठन देवदहका अध्यक्ष गोविन्द ठड्राई, देवदह व्यापार संघका महासचिव माधव ढकाल, कोलुवा कृषि सहकारीका चक्रपाणी न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

संस्थाका कोषाध्यक्ष जमुना रेग्मीको स्वागत, व्यवस्थापक फुलमाया श्रीष, सचिव दिपा सुनारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । देवदहको मिलन चोक देखि खैरेनी सम्म विभिन्न पेले कार्ड सहित ¥याली प्रदर्शन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %