बिष्णु कुमार सिङजाली
काठमाण्डौ , भदौ २७ – नेपाल मगर संघ केन्द्रीय समितिको तेस्रो नियमित पूर्ण बैठक तानसेन पाल्पामा मिति २०७३।०५।१० गते शुक्रबारका दिन संघको अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा बसेको बैठकमा नेपाल मगर संघका बाह् मगरात भाषीक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरको संयोजकमा यो पुस्तिका तयार गरि केन्द्रिय समितिको बैठकमा पेस गरिएको थियो ।
मगर भाषा (ढुट) सम्बन्धी नीति तथा कार्यक्रम
१. परिचय नेपालको आदिवासी जाति मगर जनसंख्याको दृष्टकोणले तेस्रो धेरै जनसंख्या भएको जाति हो र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार परिभाषित आदिवासी जनजाति मध्ये धेरै जनसंख्या भएको आदिवासी जाति हो ।
प्राचिन मगराँत भुमीमा घना बस्ती भएको यस जातिको देशै भरी र भारत, भुटान, बंगलादेश आदि मा आदिवासी जातिको रुपमा रहेको पाइन्छ भने आधुनिकता सँगै विश्वका सबै मुलुकमा मगरहरुको बसोबास भेटिन्छ । मगर जातिहरु हालमा तीनवटा मातृभाषा बोल्दछन् (क) मगर ढुट (ख) मगर खाम/पाङ र (ग) मगर काईके ।
मगर जातिको भाषा फरक पर्नुमा मध्यकाल र त्यसपछिका समयमा अर्घाखाँची, गुल्मी, पर्वत, बाग्लुङ, म्याग्दी (हिमाल देखि तराई सम्म) भाषा बोल्न प्रतिबन्ध गरेको र त्यसबेलाका मगरहरुले प्रतिरोध गर्न नसकेको कारणबाट भाषामा संचार (कम्युनिकेशन) नभएको कारणबाट शताब्दी बित्दा फरक पर्न गएको तथ्य आज हाम्रा सामु झर्लङ्गै छ । जुन कार्य मगर जातिको शक्ती, पहिचान र पहुँचलाई कमजोर पारी धारासायी बनाउन गरिएको थियो, जसमा कतिपय बिकुवा मगर व्यक्तित्वहरु पनि प्रयोग भएको हुनुपर्दछ र सिंगो मगर जातिको पहिचान मासिने क्रममा गयो ।
आज पनि भाषाको आधारमा, क्षेत्रको आधारमा र थरको आधारमा केही मगर नेताहरको लहडका कारण मगर जातिहरुमा बेला बेलामा फुट्न खोज्ने प्रवृतिहरु देखा नपरेका होइनन् तर समग्र मगर जनताहरु भने त्यसको विरुद्धमा रहेका छन्, फुटाउन खोज्ने व्यक्तित्वहरु राज्यसत्ताले उपभोग गरिरहेको पनि हामी पाउँदछौं ।
यसैले गर्दा पनि मगर भाषा र पहिचान बचाउने सन्दर्भमा, यसको दिगो विकासका सम्बन्धमा यहाँ कठिनाईहरु छ ।
पुरा पढ्न मगर भाषा (ढुट) सम्बन्धि नीति तथा कार्यक्रम बारे यो लिङक थिच्नुहोस ।