बाजुङ बृहत तीज मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न !

Read Time:3 Minute, 24 Second

रूद्र श्रीसमगर

पर्वत, भदौ २६ – नमुना युवा क्लब, बाजुङ, पर्वतको आयोजनामा बाजुङ बृहत तीज मेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।


 सो-अवसरमा अन्तर वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा वडा नं. ८ प्रथम र वडा नं. १ द्वितीय भएको थियो । त्यस्तै, तीज गीत प्रतियोगितामा वडा नं. ९ प्रथम र नमुना अंग्रेजी बोर्डिङ स्कुल पातीचौर द्वितीय भयो । कार्यक्रममा घैंटो फोर प्रतियोगिता पनि गरिएको थियो ।

मेलाको उद्घाटन गर्दै मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले चाडपर्वको मौलिकतालाई जोगाइराख्नुपर्ने बताउनुभयो । पछिल्लो समयमा मौलिकता हराउँदै गएको भन्दै समाजसेवी गुरुङले चाडपर्वको अस्तित्व बचाउन मौलिकतालाई मर्न दिन नहुने बताउनुभयो ।

बाजुङ गाविसको धार्मिक, सांस्कृतिक एवं शैक्षिक क्षेत्रको विकासका लागि आफूले प्रवासमा रहेर कमाएको केही रकम सहयोग गर्दै आएको बताउँदै गुरुङले तन, मन र धनले बाजुङको विकासमा सबैले हातेमालो गर्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बाजुङका सभापति मनबहादुर अधिकारी, नेकपा (एमाले) बाजुङका अध्यक्ष राजेश शाही, नेकपा (माओवादी केन्द्र) बाजुङका अध्यक्ष जयबहादुर अखेली, समाजसेवी भीमलाल आचार्य, समाजसेवी जयबहादुर सुवेदी ‘जयलाल’, बाजुङकोट व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर थापा, महेन्द्र शिखर उच्च मावि विद्यालय व्यवस्थापन समितिका भूतपूर्व अध्यक्ष ओमबहादुर अधिकारी, वर्तमान अध्यक्ष दलबहादुर मल्ल, समाजसेवी जीवन प्रसाईं, ॐ कारेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण मल्ल, बाजुङ स्वास्थ्य चौकीका प्रमुख उमेश अधिकारी, सिर्जना बोर्डिङ स्कुलका प्राचार्य श्रीराम पराजुलीलगायतले बोल्नुभएको थियो ।

नमुना युवा क्लबका अध्यक्ष पदमबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वासु पौडेलले गर्नुभएको थियो ।

सो अवसरमा एकल नृत्य समेत प्रस्तुत गरिएको थियो । एकल नृत्य प्रस्तुत गर्ने सात जना कलाकारलाई प्रमुख अतिथि समाजसेवी गुरुङले पाँच-पाँच सय रुपैयाँ नगद हौसलास्वरुप दिनुभएको थियो भने कार्यक्रम प्रायोजनस्वरुप ३० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %