शतिलनगरमा बहुदेश्यीय कृषि कोसेली घरको सिलान्यास गरिएको छ

Read Time:2 Minute, 11 Second

कृष्ण सारू मगर

देवदह,भाद्र २५  – शतिलनगरमा निर्माण गर्न लागेको बहुदेश्यीय कृषि कोसेली घरको सिलान्यास गरिएको छ । नेपाल सरकारका कृषि मन्त्री गौरी शंकर चौधरीले एक कार्यक्रमका वीच उक्र कोसेली घरको सिलान्यास गर्नु भएको हो ।

 सो अवसरमा बोल्दै मन्त्री चौधरीले देवदहमा निर्माण हुन लागेको बहुदेश्यीय कृषि कोसेली घर निर्माणको लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि सरकारले कृषि आयोग बनाउन लागेको बताउनु भयो । मन्त्री चौधरीले कृषकहरुलाई राज्यले प्रदान गर्ने अनुदान वास्तविक कृषक सम्म पुर्याउन सरकारले ठोस कदम चाल्ने बताउनु भयो ।

सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह कृषि र पशुको प्रवल संभावना भएको क्षेत्र भएकाले बुहदेश्यीय कृषि कोसेली घर निर्माण गर्न लागिएको बताउनु भयो । उहाले उक्त घर करिव साढे ७ करोडमा निर्माण कार्य सम्पन्न गर्ने भएकाले भवन निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने मन्त्रीलाई आग्रह गर्नु भयो । उहाले देवदह क्षेत्रमा दैनिक २० हजार दुध उत्पादन हुने भएकाले व्यसायीक पशुपालनमा कृषकहरुलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले अनावश्यक जग्गा प्लटिङ्गका कारण पशुपालनमा असर गरेको बताउनु भयो । अधिकृत घिमिरेले देवदह क्षेत्रमा उत्पादन भएका कृषि वस्तुलाई विक्रि वितरणको व्यवस्था गर्ने बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %