निर्माण बहुदेश्यीय सकारी संस्था देवदहको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न

Read Time:2 Minute, 56 Second

गोविन्द घर्ती मगर

 रूपन्देही, भाद्र२५ – स्थानीय निकायको निर्वाचन गराउनु बर्तमान सरकारको प्रमुख दायित्व भएको कृषि मन्त्री गौरीशंकर चौधरीले बताउनु भएको छ । उहाले अहिलेको सरकार आगामी चैत्र सम्म स्थानीय निकायको निर्वाचन गर्न लागि परेको दावी गर्नु भयो ।

शान्ति प्रक्रियाको समाधान विना स्थानीय निकायको निर्वाचन गर्न सम्भव नहुने हुदा शान्ति प्रक्रियालाई अन्तिम टुंगोमा पुर्याउन सरकारले पहल गरीरहेको मन्त्री चौधरीले बताउनु भयो । निर्माण बहुदेश्यीय सकारी संस्था देवदहको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनलाई सम्वोधन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो ।

उहाले सम्पूर्ण राजनैतिक दलहरुको सहमति विना जारी संविधान कार्यान्वयन गर्न नसकिने भएकाले समपूर्ण राजनैतिक दलहरु एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाले कृषिलाई व्यवसायीकरण गर्न सरकारले कृषि आयोग निर्माण गर्न लागिरहेको बताउनु भयो । निर्माण बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद काप्लेको अध्यक्षतामा भएको कार्यक्रममा सांसद सोनिया यादव, नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामप्रसाद बन्जाडे, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेपाली काग्रेस देवदहका सभापति गुणखर भूर्तेल, जिल्ला सहकारी संघका संचालक प्रकाश अर्याल, देवदह साना किसान कृषि सहकारीका अध्यक्ष टिका गौतम लगायतले बोल्दै समाज परिवर्तनमा सहकारीले अह्म भूमिका खेलेको बताएका थिए ।

कार्यक्रममा विद्यार्थी, संस्था स्थापक सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नेत्रप्रसाद काप्लेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुमित्रा वारघरेले करिव २ करोड ७६ लाख ८० हजार बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष सुन्दरी गिरीको स्वागत र सचिव खेमानारायण अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %