महान्यायाधिवक्ता श्रेष्ठलाई बागलुङ समाज पोखराको स्वागत तथा बधाई !

Read Time:2 Minute, 54 Second

रूद्र श्रीसमगर


पोखरा,  भदौ २४  – नेपाल सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई बागलुङ समाज, पोखराले स्वागत तथा बधाई ज्ञापन गरेको छ ।


 शुक्रबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता श्रेष्ठलाई समाजका पदाधिकारी, आजीवन सदस्यलगायतले सम्मानपत्र, दोसल्ला र फूलमालासहित सम्मान र स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता श्रेष्ठले जनयुद्धकालीन गम्भीर अपराधमा आम माफी हुन नसक्ने बताउनुभयो ।

‘युद्धकालीन गम्भीर अपराधमा माफी हुन्न, मुद्दा चल्छ’, श्रेष्ठले भन्नुभयो, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगले सबै किसिमका अपराधमा आम माफी दिन्छ भन्नु गलत कुरा हो ।’ युद्धकालीन मुद्दाहरू आयोगमार्फत टुंगो लगाइने बताउँदै श्रेष्ठले संविधान र कानून अनुसार आफूले काम गर्दै अघि बढ्ने बताउनुभयो । नयाँ संविधान कार्यान्वयन गर्नु अहिलेको सरकारको दायित्व भएको बताउँदै उहाँले

एकपछि अर्को कानून बनाउनु निकै चुनौतीपूर्ण घडीमा आफूमाथि जिम्मेवारी आइपरेको उल्लेख गर्नुभयो । राष्ट्रिय अनुसन्धान विभाग क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय अनुसन्धान निर्देशक डीआईजी यादवराज रेग्मीले नवनियुक्त महान्यायाधिवक्ता श्रेष्ठको कार्यकालमा मुलुकमा कानूनी शासन कायम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठ महान्यायाधिवक्ता हुनु बागलुङे मात्र नभइ सम्पूर्ण नेपालीका लागि गौरवको कुरा भएको बताउनुभयो ।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष प्रा.डा. रविन्द्रप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष प्रा.डा. भवानीप्रसाद पाण्डे ‘भाष्कर’ र कार्यक्रम संयोजक सुयशप्रसाद श्रेष्ठले श्रेष्ठ महान्यायाधिवक्ता हुनु सम्पूर्ण बागलुङेका लागि गौरवको विषय भएको बताउनुभएको थियो ।

समाजका कार्यवाहक अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विक्रम थापा र स्वागत सह–सचिव कृष्णाकुमारी श्रीसले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %