गोविन्द घर्ती मगर
रुपन्देहीको, भाद्र २३ – शान्ति विना देशको विकास हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
उनीहरुले द्धन्द्धको अन्त्य र शान्ति स्थापना गर्न स्थानीय शान्ति समितिले पहल गर्नुपर्नेमा जोड दिएका थिए । सैनामैना नगरपालिका, मध्यविन्दु नगरपालिका नवलपरासी र रुद्रपुर गाविसका स्थानीय शान्ति समितिले देवदहको अवलोकन गर्ने क्रममा भएको शान्ति र सद्भावका लागि भएको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो-अवसरमा बोल्दै सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले द्धन्द्धप्रभावितहरुलाई राज्यले निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो । त्यसैगरी सोही अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले द्धन्द्धप्रभावितहरुलाई आत्मनिर्भर बनाउन सवैले पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा बोल्दै स्थानीय शान्ति समिति सैनामैनाका संयोजक रामप्रसाद अधिकारीले सकारात्मक सोचका साथ अगाडि बढ्ने हो भने शान्ति स्थापना गर्न सकिनेमा जोड दिनु भयो । उहाले समाजमा भएका द्धन्द्धलाई अन्त्य गर्न स्थानीय निकायले स्थानीय शान्ति समितिलाई बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनु भयो ।
स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय शान्ति समिति रुद्रपुरका संयोजक तारानाथ आचार्य, मध्यविन्दु नगरपालिकाका स्थानीय शान्ति समितिका सदस्य ज्ञानप्रसाद भट्टराई, शिवराज घिमिरे लगायतले बोल्दै स्थानीय शान्ति समितिहरु वीच एक आपसमा समन्वय, सहकार्य गरी अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
स्थानीय शान्ति समिति देवदहका सदस्य मेघनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
