राज्यसत्ता ब्यूरो
पाल्पा, भदौ २२ – राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषद अन्तर्रगत अगुवा कार्यकर्ताको भेला मगरातको राजधानी पाल्पामा सम्पन्न भएको छ ।

पार्टीको ५ औ महाधिबेशनको निर्णय अनुसार प्रत्येक राज्य परिषदहरुमा भेला सम्पन्न गर्ने निर्णय बमोजिम बुधबार तानसेनमा मगरात भेला सम्पन्न भएको हो । भेलामा स्याङ्जा, पाल्पा, नवलपरासी, अर्घाखाची र सल्यान गरी ५ जिल्लाका अध्यक्ष लगाएत अगुवा कार्यकर्ताहरुको सहभागीता थियो । भेलालाई सम्बोधन गर्दे राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय महासचिब केशव सुर्यबंशीले पार्टीलाई नया ढंगले अगाडि बढाउने बताउनु भयो । पुरानो शैली र ब्यवहारले पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै महासचिब सुर्यबंशीले नेता र कार्यकता सक्रिय भई आम जनताका घरदैलोमा पुग्ने बताउनुभयो । पार्टीको नया निति अनुसार हरेक कार्यकर्ताको रेकर्ड केन्द्र संग रहने जानकारी दिदै उहाले अव पार्टीमा साधारण सदस्य हटाई सदस्य मात्रै रहने बताउनुभयो ।

पार्टीका केन्द्रिय उपमहासचिब टोप अस्लामीले आफु भित्र रहेका असन्तुष्तीलाई पार्टी भित्रै बहस र छलफल गर्नुपर्नेमा जोड दिदै समस्याको समाधान गरिने बताउनुभयो । कार्यक्रममा नवलपरासीका जिल्ला अध्यक्ष तिल बहादुर झेडीले पार्टीले समय सापेक्ष कार्यक्रम दिन नसकेको आरोप लगाउनुभयो । उहाले राज्यको पुर्नसंरचनामा ५६५ लाई समर्थन वा बिरोध के गर्ने भन्ने अन्यौल रहदा जिल्लामा काम गर्न आफुहरुलाई समस्या परेको बताउनुभयो ।
स्याङ्जाका अध्यक्ष बम लामीछानेले संघिय परिषद सदस्य र संघिय महासभाका सदस्यहरुको अहिलेको अवस्था वडा सदस्य पनि जित्न नसक्ने जस्तो रहेको आरोप लगाउदै उहाले कम्तीमा केन्द्रिय सदस्यहरुले गाबिस अध्यक्ष जित्न सक्ने हैशियत राख्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाल्पाका अध्यक्ष खुम सिंजालीले जिल्लामा पार्टीको अवस्था चिन्ता जनक रहेको बताउदै कार्यकर्ता बढाउन र भएका सदस्यलाई जोगाउन पार्टीले नया कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । अर्घाखाची जिल्ला अध्यक्ष मधु बहादुर सारुले कार्यकर्ता बचाउनका लागी भएपनि बिभिन्न संघ सस्थाहरु संचालन गर्नु आग्रह गर्नुभयो ।

सल्यानका जिल्ला अध्यक्ष खडक बहादुर पुनले संचार माध्यममा पार्टीको पहुच नपुगेको भन्दै आम जनतामा पार्टीका बिचार पुर्याउन पनि आम संचार क्षेत्रमा पार्टीको पहुच हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै पार्टीका संघिय परिषद सदस्य हुम बहादुर थापा (पचभैयाले) पार्टीलाई संचालन गर्न ३ कुरा मिडिया, साझा सस्थाहरु र अन्तराष्ट्रिय संघ सस्थाहरुको आवश्यकता रहनुपर्नेमा जोड दिनुभयो । पार्टीका संघिय महासभाका अध्यक्ष मण्डलका सदस्य केयर सिंग रानाले सबै पार्टीमा गुट उपगुट हुदा पनि पार्टी बिकास भएको तर जनमुतिm पार्टीमा कुमार लिंदेन, रामचन्द्र थापा, शिवलाल थापाहरु सच्चिएर आएभने पार्टीमा सहभागीता गराउने निति क्लियर हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फुल कुमारी थापा, मंगल सिंह राना, मोहन कुमारी थापा, कोमल प्रसाद राना, उजर सिंह दर्लामी लगाएतका बतmाहरुले बोलेका थिए ।
कार्यक्रममा सहभागी पार्टीका पुर्ब स्थायी समिति सदस्य द्धय मनिराम चौलागाई र मोहन शारु मगरले बाटो बिराएर अन्तै बिचार समाउन गएपनि अहिले पछुताउदै पुन राष्ट्रिय जनमुक्ति पार्टीमै फर्किएको भन्दै पार्टी हितका लागी आगामी दिनमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मगरात राज्य परिषदका अध्यक्ष ईन्द्र बहादुर मास्कीको अध्यक्षतामा सम्पन्न भेलाको संचालन सचिब डम बहादुर बिरकट्टाले गर्नुभएको थियो । कार्यक्रमका पाहुनाहरुलाई पाल्पा जिल्लाका अध्यक्ष खुम बहादुर सिंजालीले स्वागत गर्नुभएको थियो ।
पुरा फोटो हेर्न यो लिङक थथिच्नुहोस ।
Rajyasatta added 51 new photos to the album: राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषदको भेला पाल्पामा सम्पन्न !
