मगर कलाकारले कल्याणकारी कोष स्थापनार्थ अभियानमा जुटे !

Read Time:2 Minute, 52 Second

कृष्ण सारु मगर


काठमाडौँ २१ भदौ नेपालको लोक साङगीतिक क्षेत्रमा तथ्याङ्कलाई आधार मन्ने हो भने मगर कलाकारहरुको बाहुल्यता रहेको पाईन्छ सोही अनुरूप नेपाल मगर सांस्कृतिक संघले मगर कलाकार कल्याणकारी कोष स्थापनाको लागी कलाकारहरु एक जुट भएका छन् ।

सबै मगर कलाकारहरुलाई एकिकृत बनाउने उदेश्यले स्थापना गर्न लागिएको कल्याणकारी कोषको मुल उद्धेश्य विभिन्न कारणले हुन सक्ने रोग, ब्याधी, दु:ख र समस्या जस्ता अकल्पनीय समस्या समाधानको सम्भावनालाई ध्यानमा राखी कलाकारहरू सेवा नै धर्म हो भन्ने मुल अभिप्रायले यो अभियानमा जुटेका हुन् ।

भद्रभलाद्मी, महान समाजेवी र कलाकार लगायत अन्य शुभेच्छुकहरुको सहयोगमा संकलन भएको नेरू नब्बे हजार नायक, राष्ट्रिय लोक तथा दोहोरी गायक समेत रहेका सञ्चारकर्मी मधुसुदन थापा मगरको संयोजकत्वमा संभव भएको हो । उहाले थप्दै भन्नु भयो यो अभियान निरन्तर संचालनमा रहने राज्यसत्ता डटकमलाई जानकारी दिनु भएको छ ।


संकलन भएको उक्त रकमलाई संघका अध्यक्ष कबिराज थापा मगर र अन्य पदाधिकारीको उपस्थितिमा २०भदौ सोमबारका दिन एक कार्यक्रम गरी मगर किचन हाउसमा कोषाध्यक्ष निता पुनमगरलाई हस्तान्तरण गरेको छ ।

यो अभियानले ठुलो उपलब्धि हासिल गर्नेमा  बिश्वस्त रहेको धारणा राख्दै भन्नू भयो, हरेक मगर कलाकारले आ-आफ्नो पारिश्रमिक बाट ईक्षा अनुसारको केही अंश उपलब्ध गराएको खण्डमा यो अभियानले सार्थकता पाउनुका साथै समाजमा उधारणीय बन्ने संघका अध्यक्ष कबिराज थापा मगरको भनाई थियो ।

अन्त्यमा कोषाध्यक्ष पुनमगरले भन्नु भयो, म हरेक काम कर्तब्य र आफ्नो जिम्मेवारी भुमिकाको दायित्व बोधका साथ पार्दर्शीता राख्ने प्रतिवद्धता जनाउँदै सेवा नै धर्म हो संघको यो अभियानलाई देश बिदेशमा रहनु भएका सम्पूर्ण आदरणीय अग्रज ब्यक्तित्वहरूमा साथ, सह्योग समर्थनका लागि यसै डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत हार्दिक अपिल समेत गर्नु भएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %