बहराईनमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारले साँगीतिक मनोरञ्जन गराउने !

Read Time:2 Minute, 7 Second

कृष्ण सारू मगर

बहराईन, सेप्टेम्बर ६ – मुस्लिम धर्मालम्बी हरुको महान पर्वको अवसरमा आयोजित हुन गैरहेको बृहत् साँस्कृतिक कार्यक्रम यहि आउँदो सेप्टेम्बर २०१६मा (Eid Al Adha) को पहिलो दिन नेपाल मगर संघ शाखा बहराइनले मनामा स्थित गोल्ड सिटीको ठीक अगाडि रहेको डेल्मन ईन्टरनेसनल होटेलमा रहने उक्त सांगीतिक कार्यक्रमलाई सफलताका साथ सम्पन्न बनाउन नेपाल देखी विभिन्न विधाका चर्चित कलाकारहरुको आगमनमा हुने भएको छ ।

यो साँस्कृतिक कार्यक्रम मगर संघको तेस्रो प्रस्तुति हो । कार्यक्रमलाई सफल बनाउन बहराईन स्थित विभिन्न संघ, संस्था, संघ संगठन, उधोग, व्यावसायी, स्थानिय संचारकर्मी तथा पत्रकार एवं समस्त गीत संगीत पारखी कलाप्रेमी नेपाली दाजु भाई तथा दिदी बहिनीमा गरिमामय उपस्थितिका लागि आयोजक समिति परिवार हार्दिक निमन्त्रणा गरको छ ।

कलाकारहरु: पप तथा आधुनिक गायक सुगम पोखरेल, लोक दोहोरी तथा पप गायिका एवं बेली नृत्यङगना प्रिती आले मगर, नृत्यकार याम गुरुङ, राष्ट्रिय लोक दोहोरी गायिका निता पुन मगरको साथमा स्थानिय कलकारहरूको वेजोड प्रस्तुति रहने भएकोले समस्त बहराईनवासी नेपालीहरूमा गरिमामय उपस्थितिका लागि नेपाल आदिवासीजनजाति महासंघ बहराईनका कोषाध्यक्ष समेत रहेका संघका कोषाध्यक्ष रेशम पुर्जा मगरले राज्यसत्ता डटकमका गल्फ ब्यूरो कृष्ण सारू मगरलाई जानकारी दिनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %