नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी इजरायल प्रस्थान हुने !

Read Time:2 Minute, 54 Second

माया घले मगर
 

इजरायल, सेप्टेम्वर ६ – इजरायल अवस्थित नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलको आयोजनामा प्रवासी भुमि इजरायलमा प्रथम पटक बिशुद्ध राजनैतिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ |

यहि सेप्टेम्बर २३ शुक्रबार साँझ तेलअविव स्थित लेवेन्सकी स्ट्रिट–९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा हुने यस कार्यक्रममा देशको राजनीति संग सुपरिचित व्यक्तित्व, नयाँ शक्ति नेपालकी वरिष्ठ नेतृ, विदेश बिभाग संयोजक तथा पुर्ब मन्त्रि हिसिला यमीको उपस्थिति हुनेछ |

तसर्थ अन्तर्राष्ट्रिय नेपाली समाज इजरायलले सो कार्यक्रममा इजरायल अवस्थित बिभिन्न पार्टीका प्रवास संगठन प्रतिनिधिहरु, सामाजिक, जातीय तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरु, मिडीयाकर्मिहरु र सम्पूर्ण इजरायलवासी नेपालीहरुमा उपस्थितिको लागि अनुरोध गरेको छ |

उपस्थित भई आफुमा भएको देश प्रतिको चिन्तन/गुनासा, कौतुहलता नेतृ यमी संग राख्न सकिने भएकोले अहिलेको समयमा हामीमा हुनै पर्ने राजनैतिक सचेतनाका लागि कार्यक्रम फलदायी हुनेछ |

तसर्थ यस कार्यक्रममा उपस्थित हुनु भई राजनैतिक लाभ लिनबाट नचुक्न सम्पूर्ण राष्ट्रवादी इजरायलवासी नेपालीहरुलाई आयोजकले हार्दिक अनुरोध गरेको छ |

मनोरंजन/रमाइलो कार्यक्रम प्राय:भई रहने तर यस्ता कार्यक्रम बिरलै र महत्वपूर्ण हुने भएकोले आजै सो दिन लेबिनेसकी-९९ नयाँ बिल्डिंग आठौं तल्ला कार्यक्रम हलमा कार्यक्रममा हुने अन्तरक्रियाका लागि समय(छुट्टि) मिलाउन प्रवासी भुमि इजरायलमा रोजगारी ब्यावसाय,अध्ययन तथा विभिन्न कार्यको शिलसिलामा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नयाँ शक्ति नेपाल इजरायल प्रवास संगठन अन्तर्राष्ट्रिय नपाली समाज इजरायलले आग्रह गरेको छ | भनिएको छ राष्ट्रको  चिन्तन हुने यस कार्यक्रमलाई सफल बनाइदिन अ.ने.स.इ. सम्पूर्ण  नेपालीमा अनुरोध गर्दछ |

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %