कतार आएकी राष्ट्रिय कलाकार रुपा घर्ती मगर संगको भलाकुसारी !

Read Time:10 Minute, 58 Second

कृष्ण सारू मगर

दोहा-कतार ,४ सेप्टेम्बर ,  

   

 को हुन त रूपा ?

-बुवा इन्द्र बहादुर घर्ती तथा स्व. आमा दिल कुमारी घर्ती मगरको कोखबाट हाडहाडे -६ गुल्मीमा जन्मिएकी रुपा घर्ती मगर, परिवारकी सबै भन्दा कान्छी सदस्य हुन् ।उनले मानविकी संकायमा स्नातकसम्मको अध्ययन  गरेकी छिन् । हाल बुटवल उप-महानगरपालिका -१५ बेलबास स्थाई बसोबास रहेको छ । २०६६ देखी तिनाउ एफएममा कार्यरत मगरले २०६८ साल तिर लुम्बिनी टेलीभिजनमा प्रस्तोताको अर्को थप ज़िम्मेवारी संगै २०७० देखी विभिन्न, मेला महोत्सवमा कुशल प्रोस्तोताको परिचय पनि बनाएकी छिन । सुमधुर आवाज कि धनी रुपा मंचमा स्रोता तथा दर्शकको मन जित्न उत्तिकै सफल छिन भने राष्ट्रिय लोक दोहरी गायिकाको रुपमा पनि स्थापित उनी अहिले सर्वाधिक चर्चामा छिन् ।

राज्यसत्ता डटकम गल्फ ब्यूरोका  कृष्ण सारू मगर सँगको भलाकुसारी !

यहाँलाई मेरो ब्यक्तिगत तथा राज्यसत्ता डटकम मिडियको तर्फबाट हार्दिक नमन गर्दछु ।

रुपा -धन्यवाद

कृपया तपाईंको पूरा परिचय दिनुस न ।

रुपा-मेरो शुभ नाम रुपा घर्ती मगर जन्म घर हाडहाडे -६ गुल्मी हाल बुटवल उपमहानगरपालिका १५ बेलबास स्थाई बसोबास छ ।

कस्को प्रेरणाले यस कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको ?

रुपा-सानै उमेर बाट गीत, संगीतमा रूचि राख्दथे स्थानिय रेडियो, टेलिभिजनले प्रसारण लोक दोहोरी बाल्यकाल देखि गुनगुनाउँदै गरेको साथीहरू मन पराउथे घर, परिवारको सह्योग र प्रेरणा बाटै भयो भनौं ।

तपाईं राष्ट्रिय लोक तथा दोहरी गायिका परिचय दिई रहँदा आफुलाई कस्तो महशुस गर्नु हुन्छ ? साथै, प्रतिष्ठित उद्धघोषिकाको रूपमा परिचित संगै, अन्य मिडिया क्षेत्रमा पनि हुनु हुन्छ ?

रुपा- साङ्गितिक यात्रा सुरु हुदैछ सम्पुर्ण श्रोता तथा दर्शकको सहजै मन जित्न कठिन छ । सायदै म संग राम्रो कला, प्रतिभाको मुल्यांकन भएरै होला लोक दोहोरी गायिका भनेर स्थापित भएकी छु । सानो देखि मेला महोत्सव साथै, बिदेशमा हुने कार्यक्रम सन्चालिका अनुभव लिएको छु । हाल तिनाउ एफ एम र लुम्बिनी टेलिभिजनमा कार्यरत छु ।

कति वटा एल्बम बजारमा ल्याउन सफल हुनु भयो ? सबै भन्दा दर्शक तथा श्रोताहरूले मनपराएको ती गीत संगीतका कृतिहरु केके छन ? श्रृजना गरेको मध्ये आफुलाई मन परेको चाँही ?

रुपा- मैले तिज, सालैजो, लोक दोहोरी गरि करिब दर्जनको वरिपरि गीति एल्बम बजारमा ल्याई सकेकी छु र श्रोताहरूले मनपराएको फस्ट हुनेले, सालैजो लगाएत मलाई मेरा सबै गीतहरु उत्तिकै मन पर्छ ।

 गायनकै शिलशिलामा अहिले सम्म कति वटा देशको भ्रमण गर्नु भयो ?

रुपा-मित्र राष्ट्र भारतको दिल्लीबाट शुभारम्भ हुँदै मुम्बई, जापान, कतार अब युएई स्थित रूपन्देही सेवा समाजको निमन्त्रणामा यहि आउँदो ९ सेप्टेम्बर लगाएतै अन्य देशमा पनि जाँदै छु ।

 तपाईंलाई सबै भन्दा मन पर्ने कलाकार ?

रुपा- सबैजना मन पर्छ । बिमा कुमारी दुराको फ्यान थिएँ र हुँ ।

 प्रेम के हो ?

रुपा- प्रेम एकले अर्कालाई गर्ने सद्भभाव हो । जुन सबैको महत्त्वमा पर्दछ ।

 राजनिती के हो जस्तो लाग्छ ?

रुपा- राजनिती राज्यको नीति निर्माण गर्नु र नागरिक बाट चुनिएका प्रतिनिधिले शासन चलाउनु र राज्यको नेतृत्व गर्नु हो कानुन लेखिएको भएता पनि कार्यन्यन भएको छैन ।

पछिल्लो समयमा हाम्राे समाजको परिवेश भन्दा कलाकारहरू केही उत्श्रृखल रूपमा प्रस्तुत भएको भनेर बजारमा व्यापक हल्ला छ वास्तविकता को हो ?

रुपा- सबै कलाकारलाई यसरी तौलन नमिल्ला सस्तो लोकप्रियताको लागि छन् १/२ जना । तर, लामो समय थेग्न सक्तैनन् ।

कलाकार राष्ट्रको गौरव हुन् अमुल्य सम्पत्ति हुन् । तर, राज्यले ब्यावहारमा कुनै सेवा सुविधा नदिएको आरोप छ कहाँ सम्म सत्य हो ?

रुपा- गीत, संङ्गितको कलामा नरमाउने सायद विरलै होलान् ।

तसर्थ, राज्यको संवन्धित निकायले उचित ब्यावस्थापन बनाओस कलाकारहरूको हक हितका लागि बाच्ने आधारको संभावना सतप्रतिशत पक्कै छ ।

भनिन्छ विभिन्न विधाका कलाकारको कुनै धर्म र जात हुँदैनन् यस बारे तपाईंको धारणा ?

रुपा- पक्कै पनि हाम्राे देश, बहु- जातीय, बहु-भाषिक, बहु धार्मिक, बहु साँस्कृतिक, बहु पहिचान र भौगोलिक विविधताले धनि सार्वभौम राष्ट्रमा हरेक समुदायको आ-आफ्नै परम्परा संस्कार संस्कृतिको जगेर्ना संरक्षण-प्रवर्द्धनमा विशेष टेवा दिई रहेका छन् । बालक, युवा, बृद्ध सम्मका मानिसलाई गीत संगीतले मनमोहक बनाउँछ । त्यसैले गीत संगीतलाई कलाकारको जात, धर्म संग तुलना लिनै मिल्दैन । विभिन्न विधाका कलाकारले आ-आफ्नै कला प्रतिभाको प्रस्तुति दिने गर्दछन् ।

लोक तथा दोहरी कलाकारको भविष्य कस्तो छ ?

रुपा- स्वदेश तथा बिदेशमा हुने कार्यक्रमले बचाएको छ कलाकारलाई, राज्यको साँस्कृतिक विभागले प्रतक्ष निगरानीमा राम्रा प्रतिभाशाली कलाकार उत्पादन संगै संरक्षणमा विशेष टेवा पाएमा कलाकारको वर्तमान र भविष्य राम्रो हुने थियो ।

मगर समुदायको आफ्नै मौलिक परम्परा साँस्कृतिक पहिचानको धनी, नेपाल मगर संघमा आवद्ध हुनु भएकोले संरक्षण-संवर्द्धनका लागि तपाईं कलाकारको भुमिका कस्तो रहन्छ ?

झ्याउरे, सालैजो कौडा घातु, हुर्रा, भुम्या नाच सस्कृती झल्काउने गीत तथा नृत्य मगर बाट सुरुवात भएको म पनि मगर परिवारको छोरी हाम्रो संस्कार सस्कृति भेष-भुषा जोगाउनु पर्छ भन्ने बिचार संग नजिक छु ।

भर्खरै स्थाई घर सोलुखुम्बु हाल रत्ननगर-४ चितवनमा बस्ने जीवन थापा मगर र नेपाली बुहारी जोया संगै ती अबोध नाबालकलाई उद्धारको नाउँमा देश निकाला गरिएको छ । जहाँ अन्तराष्ट्रिय मानव अधिकार ऐन अन्तर्गत महिला र बाल अधिकार हनन् भएको प्रतक्ष देखिन्छ । तपाईं स्वंम एक शिक्षित युवा महिला भएकोले यसको बारेमा तपाईं के भन्नू हुन्छ ?

रुपा- जोया र जिबन को घटनाले लाखौं नेपालीलाई स्तब्ध बनायो भने सिङ्गो नेपाल र नेपालीहरूको मान, प्रतिष्ठा ईज्जतलाई तहस,नहन गरेको छ ।

त्यसैले सत्य तत्य घटना छानवीन गरि दोषी उपर कार्यवाही होस् ।

तपाईंको जीवनमा विभिन्न उतार चढावका क्रममा भुल्ने नसकिने त्यस्तो कुनै अविस्मरणीय घटनाको क्षण छन् ?

रुपा-गएको ३० जेष्ठ २०७२मा अकल्पनीय घटना घट्यो मेरी ममतामयी आमालाई गुमाउनु पर्‍यो सबै भन्दा ठूलो क्षति भएको छ जुन मेरो लागि भो ।

नेपाली महिला समाजको निमन्त्रणामा मध्ये पुर्वीय राष्ट्र कतार आउनु भयो अन्य देशको तुलनामा अनुभव के पाउनु भयो ?

रुपा सर्व प्रथमतः नेपाली महिला समाज कतार परिवार प्रति धेरै आभारी छु ।

उहाँको निमन्त्रणामा तीज विशेष कार्यक्रममा सहभागीता जनाउदै गर्दा यहाँ बस्नु हुने समस्त  आदरणीय नेपाली दिदी-बहिनी तथा दाजु-भाईको अटल मायाँले आफुलाई नेपालमै भए जस्तो अनुभुति पाएकी थिएँ साथै, नेपाली महिला समाज, गुल्मी सेवा समाज र नेपाल मगर संघ शाखा कतारको विशेष सम्मानले आफुलाई अझै अगाडी बढ्ने हौसला र प्रेरणा थपिएको छ ।

 यसै डिजिटल मिडिया राज्यसत्ता डटकम मार्फत तपाईंका श्रोता तथा दर्शक एवं शुभेच्छुक वर्गमा तपाईंले अनुरोध गर्न सक्नु हुन्छ ।

रुपा- आदरणीय दर्शक तथा श्रोताहरुले मैले बजारमा पस्किएका गीतहरु सुनिदिनुहोस नेपाली गीत संगीतलाई मायाँ गरिदिनुहोस, यदि कहीं-कतै ट्रुटी छन् भने, तपाईहरुको मायाँ, सुझाव सल्लाहको सहयोग नै मेरो लागि थप हौसला र प्रेरणाको श्रोत हुनेछ भन्न चाहान्छु । साथै, rajyasatta.com डिजिटल मिडियाको नियामित पाठकहरुलाई पनि सम्झन चाहान्छु ।

प्रस्तुती कृष्ण सारु मगर ,दोहा 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %