माया घले मगर
इजरायल,भदौं १८ -गैर–आवासीय नेपाली संघ, इजरायल (एनआरएनए,इजरायल) ले ‘हरितालिका तीज सांगीतिक उत्सव २०७३’ दुइ कार्यक्रम को प्रतिष्पर्धाका बीच पनि भव्य रुपमा सम्पन्न भएको छ ।अभिवको नजिकै रहेको तेलअभिव युनिभर्सिटी एक्युरिएमको सानदार हलमा बेलुकी ठिक ८ बजेदेखि शुरु भएको थियो ।
कार्यक्रमको पहिलो चरणमा ८०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनी हरुलाई आयोजक एवं सह(आयोजक संस्थाहरुले दर खुवाउने कार्यक्रम रहेको थियो। दर खुवाई कार्यक्रम सकिय लगत्तै नेपाल बाट आएका कलाकारहरुको साथमा सांगीतिक एवं मनोरन्जनात्मक कार्यक्रम शुरु भएको थियो । जहाँ चर्चित लोकगायिका मुना थापा मगर, ख्यातिप्राप्त लोक गायक अमृत खाती, भर्सटाइल गायिका जुना प्रसाई र लोकप्रिय नेपाली टेलिभिजन च्यानल कान्तिपुर टेलिभिजनबाट प्रत्येक साता प्रसारण हुदै आइरहेको समसामयिक विषयवस्तुहरुमा आधारित हाँस्य व्यंग्यात्मक कार्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता तथा व्यंग्य कलाकार सन्दिप क्षेत्रीको वेजोड मनोरञ्जनात्मक प्रस्तुतिका साथमा स्थानीय कलाकारहरुको आफ्नो कलाबाट उपस्थित सबैलाई मनोरञ्जन दिएका थिए ।
आयोजक एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीको सभापतित्व एवम् नेपाली राजदुतावास इजरायलका कार्यवाहक महामहिम राजदुत रामेश्वर पौडेल को प्रमुख आतिथ्यतामा औपचारिक रुपमा कार्यक्रमको शुरुवात गरिएको थियो ।कार्यक्रममा उपस्थित लाइ स्वागत गर्दै एनआरएन इजरायलका उपाध्यक्ष बिशाल ज्ञावालीले स्वागत मन्त्यब्य राख्नु भएको थियो कार्यक्रममा उल्लेखीय सख्यामा उपस्थित दर्शकहरु नेपालदेखि आएका कलाकार संग रमाई रहदा लाइटनेपाल डटकमसँग कुरा गर्दै कार्यक्रम आयोजक एन आर एन ए इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले कार्यक्रम एकदमै भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै खुशी व्यक्त गरे । ‘इजरायलमा रहेका नेपाली दिदि–वहिनीहरुले यस बर्षको हरितालिका तीज गएका बर्षहरुमा भन्दा पनि थप भव्य रुपमा चर्चित कलाकारहरुको उपस्थितिमा विशेष रुपमा मनाए’, ओलीले भने ।
कार्यक्रम गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए एनसिसी० इजरायलको आयोजना, तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको सह आयोजनामा भएको थियो । कार्यक्रमलाई एन आर एन इजरायलका महासचिब तेन्जिन शेर्पा, चितवन समाजका महासचिब नयन सापकोटा र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायलका प्रेम शर्माले सयुक्त रुपमा यस कार्यक्रमलाई संचालन गरेका । इजरायलमा आयोजना हुने प्रायजसो कार्यक्रमहरु महिनाको दोस्रो साता ९१० तारिख भन्दा पछि० आयोजना गरिने भएपनि यस पटकको तीज पर्वको तिथि त्यसअघि नै परेकाले सेप्टेम्बर २ तारिक शुक्रवारको लागि तय गरिएको थियो आयोजकले कार्यक्रमबाट रोजगारीका लागि परदेशिएका नेपालीहरु, जो बर्ष दिनमा आउने चाडबाड मनाउन देश फर्कन असम्भव हुन्छ, उनीहरुकै लागि कर्मभूमिमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाँड मनाउने अवसरका रुपमा गरिएको बताए । ‘यो कार्यक्रम यस्तै अवसरको निरन्तरता हो,’ आयोजकले बताए । कार्यक्रममा इजरायली मेनपावर एजेन्सी याद–बेयादको प्रायोजन रहेको थियो भने उक्त कार्यक्रममा इजरायलका विभिन्न संघ–संस्थाहरु नेपाल मगर संघ इजरायल, रुपन्देही समाज इजरायल, अन्तराष्ट्रिय कलाकार मञ्च शाखा इजरायल, हिन्दु जागरण नेपाल अभियान इजरायल, बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल, किरात राई यायोक्खा नेपाल इजरायल, नारीका लागि नारी अक्षयकोष, श्री सत्य साइ केन्द्र इजरायल, झापाली सामाज इजरायल, सोसाईटी अफ हेल्पिंग हर्ट्स इन इजरायल, श्री कृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल, चितवन समाज इजरायल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इजरायल सह–आयोजकका रुपमा रहेका थिए ।
कार्यक्रम रोजगारीको शिलशिलामा इजरायलमा रही विभिन्न जघन्य रोगहरुको शिकार भई अस्वस्थ वन्न पुगेका नेपालीहरुको सहयोगको लागि आयोजना गरिएको पनि आयोजक एनआरएनए एनसिसी इजरायलका अध्यक्ष दिपक ओलीले जानकारी दिए । अध्यक्ष ओलीले इजरायलको तनावपूर्ण कामको क्रममा अधिंकाश नेपालीहरु विभिन्न किसिमका रोगहरुबाट पिडित भई रोजगारविहिन अवस्थामा अस्पताल र अपार्टमेन्टहरुमा बस्नुपर्दा आर्थिक अभावका कारण झेल्नु परेको पिडालाई एनआरएनले नजिकबाट महसुस गरिरहेको र उनीहरुको उपचारमा सहजता ल्याउन एनआरएनए इजरायलले पहल गरिरहेको बताउँदै आगामी दिनमा कुनै पनि नेपालीलाई त्यस किसिमको पीडा झेल्नु नपरोस् भन्ने उद्देश्ययले एनआरएनएको कोषलाई मजवुत वनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।
‘एकता नै बल हो’ भन्ने प्रमाणित भएको यस कार्यक्रम पछी आगामी दिनहरुमा पनि इजरायलमा भएका सम्पूर्ण संघ(संस्था यसरी नै एक भएर कार्यक्रम गर्न एन आर एन एनसिसि इजरायल हमेशा तयार रहेको पनि अध्यक्ष ओलीले बताएका छन् । एनआरएनए इजरायलले संस्थाको कोषबाट गत मार्चदेखि रोजगारीकालागि इजरायलमा रहेकी क्यान्सर रोगबाट पीडित हिरा तामाङलाई मासिक ५०० शेकेल उपलव्ध गराउदै आइरहेको छ । आयोजकले कार्यक्रम सफल भएको भन्दैं यस्तो कार्यक्रमलाई आगामी समयमा पनि निरन्तरता दिने बताएको छ । कार्यक्रममा लाइट नेपाल डटकम मिडिया पार्टनरको रुपमा रहेको थियो । कार्यक्रमको सुरु देखि अन्त्य सम्म प्राबिधिक तर्फ बिपिन तामाङ्ग र प्रनेस पाख्रिनले साथ दिएका थिए ।