मगर संघले सामाजिक आन्दोलनलाई राजनैति संग जोड्नुपर्छ : नेता सुर्दशन बराल !

देब पचभैया

पाल्पा, भाद्र १८ – पुर्ब सभासद एबं मगर मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष सुदर्शन बरालले नेपाल मगर संघले गरेको सामाजिक आन्दोलनलाई राजनिति संग जोड्नुपर्नेमा जोड दिनुभएको छ ।

अधिकार प्राप्तीका लागी सामाजिक आन्दोलनमा राजनितिक आन्दोलन पनि एकाकार हुनुपर्नेमा जोड दिदै अध्यक्ष बरालले नत्र आन्दोलनले उदेश्य भेट्न नसक्ने बताउनुभयो ।

नेपाल मगर संघ केन्द्रिय समितिको आयोजनामा पाल्पाको तानसेनमा आयोजित मगरात क्षेत्र भित्र पर्ने २० जिल्लाका जिल्ला अध्यक्षहरुको भेलामा बोल्दै नेकपा माओबादीका पोलित ब्युरो सदस्य समेत रहेका नेता बरालले अधिकार प्राप्तीका लागी मगरहरुले अझै आन्दोलनलाई शसक्त बनाउन नसकेको गुनासो गर्नुभयो ।

{youtube}https://youtu.be/cfe7EkMRPUA{/youtube}