भू.पू. सैनिकमा अन्तरसदनात्मक तिज गित प्रतियोगिता तथा दर खाने कार्यक्रम सम्पन्न

Read Time:1 Minute, 48 Second

विनोद रखाली मगर

गल्याङ् , भाद्र १८-स्याङ्जाको गल्याङ्मा रहेको गल्याङ् भू.पू.सैनिक माध्यामिक विद्यालयमा अन्तर सदनात्मक तिज गित प्रतियोगिता सम्पन्न भएको छ । दुई चरणमा सन्चालित प्रतियोगिता अन्तरगत पहिलो चरणमा मौलिक गित र नृत्य र दोस्रो चरणमा तिज गितमा नृत्य गरी प्रस्तुत ४ सदनको सहभागिता रहेको उक्त  प्रतियोगितामा गायन तर्फ आर्कीमिडिज सदन र न्यूटन सदन प्रथम , आइन्टाइनस सदन द्धितीय र ग्यालीलीयो सदन सान्त्वना भएका थिए ।

भने नृत्य तर्फ ग्यालीलीयो सदन प्रथम , आइन्सटाइन सदन द्धितीय , आर्कीमिडिज सदन तृतीय र न्यूटन सान्त्वना भएका थिए । प्रतियोगिताको निर्णायकमा प्राथमिक तह प्रमुख शिक्षिका डोमा लामा र नृत्य शिक्षक ज्ञान वहादुर थापा रहेका थिए । विद्यालयका प्रीन्सीपल गोपाल गाहा मगरको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रमको सन्चालन अतिरिक्त विभाग प्रमुख विनोद रखाली मगरले गरेका थिए । यता  गल्याङ् भू.पू सैनिक मा.वि. मा कार्यरत शिक्षकहरुद्धारा विद्यालयका शिक्षिका तथा महिला कर्मचारीहरुलाई हरितालिका तिजको अवशरमा शुभकामना तथा दर खुलाउने कार्यक्रम सम्पन्न गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %