गाबिस सचिव सम्पर्क बिहिन !

Read Time:3 Minute, 20 Second

छिरिङ तेन्जिङ शेर्पा


सोलुखुम्बु, भदौं १७ – सोलुखुम्बु जिल्लाको लोखिमका सचिव बिनोद केसी गत २ महिना देखि सम्पर्क बिहिन भएको छन ।

सोलुखुम्बुको माथिल्लो भेग लगायत खोटाङको उत्तरैइ उत्तरी भेगलाई प्रत्यक्ष फाईदा र बिकास हुने उद्देस्यले केहि बर्ष अघि देखिनै सक्रिय स्थानिय संघ साँस्था र बिभिन्न राजनैतिक सक्रियतमा पर्यटन्ब राजस्व मार्फत पर्यटन बिकास गर्ने उद्देस्यले खोटाङको बाकाचोल देउराली देखी सोलुको लोखिम,सोताङ ६ हुँदै गुदेल गाबिस सम्मको पर्यटन सडकको जिबिस मार्फत केहि महिना अघि नै करिव २८ किमी को फिजिबिलिटि सर्भे भै सकेको हो ।

(४८ लाख र थप १५ लाख समेत गरि बियिजित ) प्राबिधिकका अनुसार जिल्लाकै अति नै राम्रो ग्रेडिङ निकालन सफल सर्भेर र न्युनतम रकममै अधिकतम सेवा लिना सकिन यस सडकको ट्रेक ओपनको लागी हाल सम्मा उपभोक्त समितीको निर्माण हुन सकेको छैन । जिबिसको अनुसार गत असार महिना भित्रै सम्झौता हुने गरि गाबिसमा पत्रचार गरेको तर सचिवको लापरवाही र राजनैतिक स्वार्थ अनि चप्पल लगाएर नेता भएका हरु हाल धमाधम ठेकदार हुने बढ्ने क्रम बढि रहेको र त्यस योजनाप्रति गिद्दे नजर भएको कारणले यो कार्य सफल हुन नसकेको हो ।  

सचिव बिनोद केसीलाई स्थानिय सरोकारवालाहरुले वहाँको निम्न नम्बरहरुमा फोन गर्दा कहिले पनि फोन नउठ्ने गरेको धेरैको गुनासो छ। ( ९८५२-०२७४५४ र ९७४२०९०३३३ ) सचिवज्यु तपाई जहाँ भए पनि फोन उठाउनु होस। तपाई स्वछा छबि र जनताको सेवाक हो भने कुनै रजनैतिक दल वा कार्यकर्ताको पछि नलागी निस्वार्थ रुपमा बर्षौदेखि उत्पिँडित जनताको चहाना अनुसारको बिकास कार्यक्रमलाई साथ दिनुहोस। यसैमा तपाईको भलो छ ।

बिगत केहि बर्ष अघि यस कार्यक्रमको प्रमुख अघुवाई गरि अभियानकर्ताको रुपमा परिचित धर्म डाँडा शेर्पा समाज, महाकुलुङ साँस्था लगायत अन्य संघ साँस्था र केहि राजनैतिक दलका सक्रिय कार्यकर्ताको पहलमा हलेसी खुम्बु राजमार्ग समेत नामकर्ण गरेको यो देश बिकासमै महत्वपुर्ण योगदान दिन सक्ने र अन्य योजनाहरु भन्दा अति महत्वोकाँक्षी योजना मद्ध्को एक योजना हो।

सरोकारवाला, राजनैतिक दलहरु लगायत आम जनसमुदाय सबैले चासो लिउं।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %