कोलिय साकोसद्धारा दिदीबहिनी क्लव स्तरीय तीजगीत प्रतियोगितामा सम्पन्न !

Read Time:2 Minute, 22 Second

गोविन्द घर्ती

कोलिय, भद्र १७ – सहकारीको माध्यमबाट मात्र देशको आर्थिक विकास गर्न सकिने राष्ट्रिय सहकारी संघ नेपालका संचालक सदस्य भिमप्रसाद तुलाचनले बताउनु भएको छ ।

उहाले सहकारीले सामाजिक उत्तर दायित्व पुरा गर्नु पर्नेमा जोड दिनु भयो । कोलिय साकोसद्धारा गठित कोलिय दिदीबहिनी क्लव स्तरीय तीजगीत प्रतियोगितामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । तुचाचनले सहकारीलाई नीतिमा संचालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाले तीजगीत मार्फ सहकारी सन्देश फैलाउन कोलिस साकोसले गरेको कामको प्रशंसा गर्नु भयो ।

कोलिय साकोसका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक प्रकाश अर्याल, शिक्षा सल्लाहकार जयकिशन अधिकारी, आर्थिक सल्लाहकार दण्डपानी भट्टराई, स्वास्थ्य सल्लाहकार ईश्वरी ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

८ टिमको सहभागिता रहेको प्रतियोगितामा लक्ष्मी दिदीवहिनी क्लव प्रथम, जागृति दिदीवहिनी क्लव द्धितिय, संगम दिदीवशिनी क्लव तृतिय र मनकामना दिदीवहिनी क्लव सान्त्वना भएको छ ।

प्रतियोगितामा गोमा आचार्य, सरिता पन्थी, रजनी प्रधानले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्याल लगायतले आ-आफना गीतहरु प्रस्तुत गर्नु भएको थियो ।

संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत, कार्यक्रम संयोजक सरस्वती पोखरेलको धन्यवाद र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %