एनआरएन इजरायल द्वारा आयोजित तीज कार्यक्रमको लागि चर्चित मुना थापा मगर सहित ४ कलाकारको सहभागि रहने !

Read Time:2 Minute, 42 Second

माया घले मगर

इजरायल, सेप्टेम्बर २ – नारीहरुको महान चाड हरितालिका तीजको अबसरमा गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायलको मुख्य आयोजनामा भोलि बेलुका ८ बजे देखि तेलअविव युनिभर्सिटीको आर्कुरियम हलमा  शुरु हुने हारितालिका तीज साँगितिक उत्सब-२०७३ कार्यक्रमका लागि नेपालबाट चर्चित कलाकारहरु नेपालका ख्याती प्राप्त कलाकार मुना थापा मगर, अमृत खाती, जुना प्रसाई र सन्दिप छेत्री इजरायल आई पुगेका छन् इजरायल को अन्तराष्ट्रिय एर्पोर्ट बेन्गुरुयन तेलअभिबमा प्रस्थान गरिए ।

तीज हुने-२०७३ इजरायलमा भव्यताको साथ मनाउने भएको छ | दुई भिन्न भिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमको लागि नेपालबाट ७ जना चर्चित कलाकारहरु इजरायल आउने भएका छन् । दुवै कार्यक्रमहरु एकै दिन २ सेप्टेम्बर २०१६ (शुक्रबार) साँझ आयोजन गरिएको छ |

गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय, इजरायल”को मुख्य आयोजना र इजरायलमा रहेका संघसंस्थाहरु विश्व साहित्य महासंघ इजरायल, हेल्पिङ हर्टस् इन इजरायल, हिन्दु जागरण अभिनय नेपाल इजरायल, नेपाल मगर संघ इजरायल, नारीको लागि नारी १ करोड, चितवन समाज इजरायल, अन्तराष्ट्रिय नेपाली कलाकार मन्च इजरायल, रुपन्देही समाज इजरायल, श्रीकृष्ण प्रणामी गैर आवासीय नेपाली युवा परिषद इजरायल, अन्तराष्ट्रिय कलाकार समाज इजरायल, श्री सत्य साई केन्द्र इजरायल, किराँत राई यायोख्खा नेपाल इजरायल, झापाली समाज जरायल र प्रवासी नेपाली नागरिक समाज इजरायल सहआयोजक रहेको एनआरएनए इजरायलले जनाएका छ ।

कार्यक्रम तेलअविव युनिभर्सिटी हलमा हुने भएको छ । लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क यातायातको सुविधा रहेको आयोजक द्वारा जानकारी दिएको छ । दुवै कार्यक्रमको प्रवेश शुल्क १०० सेकेल रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %