अमेरिकामा महान नेता खपाङ्गीको शोकसभा सम्पन्न !

Read Time:1 Minute, 48 Second

दिल प्रसाद थापा मगर

अमेरिका, १ सेप्टेम्बर – नेपाल मगर संघका केन्द्रीय पुर्ब अध्यक्ष एबम् भूपू महिला तथा बालबालिका मन्त्री, आदिबासी जनजातीहरुको अग्रज महान नेता गोरे बहादुर खपाङ्गी मगरको असामयिक निधन भएको आज पाँचौ पुण्यतिथिको दिन  मिति २०१६ अगष्ट ३१ को दिन देश-विदेशमा एकै दिन “शोक सभा गर्ने कार्यक्रम अन्तर्गत ।

अमेरिका बसोबास गर्ने नेपाली तथा खपाङीका सुभचिन्तकहरुको आयोजनामा उपस्थिति  न्युयोर्क को ज्याक्सन हाइट नेपाली भान्छ घरमा पनि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । विशेषगरी आदिबासी जनजाती महिला संघ अमेरिकाका अध्यक्ष संगिनि राना मगर, पुनम राना मल्लको सकृयतामा श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।

 

 

 

 

अमेरिकामा रहेका बुद्धिजीवी, विभिन्न संघ सस्थाका प्रतिनिधि कलाकारहरुले उहाँको योगदानको स्मरण गर्दै खादा फुल चडाइ, मैन बत्ति बाली श्रद्धाञ्जली अर्पण गरेका थिए । सो श्रद्धाञ्जली कार्यक्रमबाट उठेको अमेरिकी १०० डलर सहयोग रकम गोरे बहादुर खपाङी फाउन्डेसनमा पठाउने कार्यक्रमका संयोजक संगिनी राना मगरले बताए ।

 

 

 

 

कलाकार यम बराल, सुमन बुढा मगर, पुर्व डिआइजी पर्वती थापा मगर लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %