मगर चलचित्रकर्मी संघ नेपालको सातौं राष्ट्रिय सम्मेलन तनहुँमा सम्पन्न !

Read Time:2 Minute, 55 Second

रूद्र श्रीसमगर  

पोखरा,  भदौ १५ – मगर चलचित्रकर्मी संघको सम्मेलन तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नं. ७, अलैंचेमा भदौं १० र ११ गते सम्पन्न भएको छ ।

पहिलो दिन लालीगुराँस आमा समूहद्वारा स्वागत, परिचयात्मक कार्यक्रम तथा बेलुकी आमा समूह र गाउँलेका तर्फबाट कौह्रा नाच प्रस्तुत गरिएको थियो ।

दोश्रो दिनको बिहान मानुङ डाँडामा पुगेर १६ जिल्लाबाट आएका प्रतिनिधिहरूले हाइकिङ गरेका थिए भने १२ बजेदेखि औपचारिक कार्यक्रम सुरु भएको थियो । औपचारिक कार्यक्रम चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की रानामगरको अध्यक्षता र २०५१ सालमा बनेको प्रथम मगर चलचित्र ‘लङ्घन’का नायक राज थापामगरको प्रमुख आतिथ्यमा सुरु भएको थियो । कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघका उपाध्यक्ष देवराज थापामगर, नेपाल मगर संघ तनहुँका सचिव, नेपाल मगर संघ तनहुँका निवर्तमान अध्यक्ष झक सारूमगर, राजनीतिज्ञ यमबहादुर आलेमगर, लालीगुराँस आमा समूहका अध्यक्ष, फोटो पत्रकार ज्ञानबहादुर थापामगर लगायतले बोलेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य मगर चलचित्रकर्मी संघका उपाध्यक्ष मेजन पुनमगर, सञ्चालन सचिव भीम रानामगरको रहेको थियो भने वार्षिक प्रतिवेदन महासचिव हिमाल पुनमगर र आर्थिक प्रतिवेदन अध्यक्ष युवराज मास्की रानामगरले प्रस्तुत गरी पारित गरिएको थियो ।

दोश्रो चरणमा मगर चलचित्रकर्मीहरू बीचमा मगर चलचित्र सम्बन्धी एक अन्तरक्रियात्मक कार्यक्रम राखिएको थियो जसको सहजकर्ताका रूपमा उपाध्यक्ष मेजन पुनमगरले गर्नुभएको थियो भने बीचमा सोधिएको प्रश्नहरू अध्यक्ष, उपाध्यक्ष र महासचिवबाट दिइएको थियो ।

कार्यक्रममा मगर उत्कृष्ट मगर चलचित्र निर्माणका लागि बहस गरिएको थियो भने संघले आगामी वार्षिक कार्यक्रमको लागि एक महिना भित्र योजना बनाउन सचिवालयलाई जिम्मा दिएको छ । सहआयोजना मगर चलचित्रकर्मी संघ तनहुँ र व्यवस्थापन लालीगुराँस आमा समूह अलैंचेले गरेको थियो । अन्तिम दिनको बेलुकी ‘गाउला’ चलचित्र प्रदर्शन गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %