नेपाल मगर संघ बुढीबजार एकाइ समितिको चेलीबेटी भेटघाट सम्पन्न !

Read Time:1 Minute, 31 Second

रूद्र श्रीसमगर

लेखनाथ, भदौ १५ – नेपाल मगर संघ बुढीबजार एकाइ समिति, लेखनाथले चेलीबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य बुद्धिमाया थापामगर, ट्राफिक प्रहरी पोष्ट छोरेपाटनका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुकुमार पल्लीमगर, समाजसेवी बेलबहादुर थापामगर, नेपाल मगर महिला संघ बुढीबजार एकाइकी अध्यक्ष कर्णकुमारी थापामगर, कोषाध्यक्ष कृष्णकुमारी थापामगर, एकाइका सल्लाहकार यामबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा बुढीबजार एकाइमा आबद्ध मगर चेलीबेटीहरूले खानपान गरी नाचगानसहित रमाइलो पनि गरेका थिए । कार्यक्रममा एकाइले आयोजना गरेको रक्तदान कार्यक्रमका रक्तदाता एवं २०७२ सालको एसएलसी उत्तीर्ण मगर विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।

अध्यक्ष क्या. पूर्णबहादुर पल्लीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भोजबहादुर थापामगरले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %