नेपाल मगर संघ नयाँबजार एकाइको अध्यक्षमा पुनः थापामगर चयन !

Read Time:4 Minute, 10 Second

रूद्र श्रीसमगर

पोखरा, भदौ १५ – नेपाल मगर संघ नयाँबजार एकाइ समितिको अध्यक्षमा पुनः दुर्गाबहादुर थापामगर सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार सम्पन्न एकाइको १९ औं वार्षिक साधारणसभा एवं पाँचौं एकाइ अधिवेशनबाट थापामगर अध्यक्षमा पुनः चयन हुनुभएको हो । त्यसैगरी, उपाध्यक्षमा डिलबहादुर थापामगर, सचिवमा रामबहादुर थापामगर, सह–सचिवमा गोपाल थापामगर र कोषाध्यक्षमा नन्द रानामगर चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा जुना पुनमगर, चिजमाया थापामगर, होमबहादुर थापामगर, सुनमाया थापामगर, दानीमाया थापामगर, दुर्गाबहादुर थापामगर र रामबहादुर थापामगर रहनुभएको छ ।

यता, नेपाल मगर महिला संघ नयाँबजार एकाइ समितिको अध्यक्षमा चुनीमाया रानामगर चयन हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा लोकमाया थापामगर, सचिवमा निरु रानामगर, सह–सचिवमा कला पुनमगर र कोषाध्यक्षमा मीना थापामगर रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा बालकुमारी थापामगर, गीता रानामगर, देवी थापामगर, चन्द्रकला थापामगर, माया दर्लामीमगर, कमला थापामगर, कुमारी थापामगर र धनीसरा थापामगर रहनुभएको छ ।

यसैबीच, नेपाल मगर युवा संघ नयाँबजार एकाइ समितिको अध्यक्षमा विक्रम थापामगर चयन हुनुभएको छ । उपाध्यक्षमा सविना थापामगर, सचिवमा सन्देश रानामगर, सह–सचिवमा विवेक थापामगर, कोषाध्यक्षमा खुमा थापामगर र सह–कोषाध्यक्षमा दुर्गा रानामगर चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरूमा अनिता रानामगर, जीवन थापामगर, रोशनी थापामगर, कृष्ण रानामगर, सम्झना पुनमगर, ज्योति थापामगर, अनिता थापामगर, बबिता सिंजालीमगर, सविना सिंजालीमगर र सन्देश थापामगर रहनुभएको छ ।

यसअघि, अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले हक, अधिकारका लागि मगरहरू सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । नयाँ संविधानले मगर भूमिलाई छिन्न भिन्न पारेको र मगर जातिलाई तितरबितर बनाएको भन्दै रानामगरले एकीकृत मगरात प्रदेशका लागि सम्पूर्ण मगरहरू एकजुट भएर संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य धनकुमारी डिसुवामगर, जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सरस्वती रानामगर, खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर रानामगर, नेपाल मगर संघ बैदाम एकाइ समितिका अध्यक्ष क्या. रूद्रबहादुर थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष दुर्गाबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर थापामगर र उपाध्यक्ष डिलबहादुर थापामगरले स्वागत गर्नुभएको थियो । यसैबीच, साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि पारित गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %