स्थापना नेपाल मगर संघ चाउथे कदममार्ग एकाइको चौथो दिवस सम्पन्न !

Read Time:2 Minute, 10 Second

रूद्र श्रीसमगर


पोखरा, भदौ १२ – नेपाल मगर संघ चाउथे कदममार्ग एकाइ समितिको चौथो स्थापना दिवस तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरले मगरहरू राजनैतिक र सांस्कृतिक रूपमा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मगर जातिको भाषा, धर्म, कला र संस्कृतिको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको भन्दै थापामगरले नयाँ पुस्ताले आफ्नो मौलिक पहिचानबारे खोजखन्तर गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कर्णबहादुर थापामगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव गगनसिंह थापामगर, घरेलु तथा साना उद्योग कार्यालय, पर्साका प्रमुख थमन थापामगर, एकाइका सल्लाहकार खडकबहादुर थापामगर, रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र, पोखराका समाचार सम्पादक हर्क आलेमगर, एकाइका संस्थापक सदस्य केशबहादुर थापामगरलगायतले बोलेका थिए ।

एकाइ अध्यक्ष सुनमाया आलेमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव यामसरी थापामगर र उपाध्यक्ष युवराज रानामगरले स्वागत गर्नुभएको थियो । यसैबीच, वार्षिक साधारणसभाले मञ्जु थापामगरले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र श्रीबहादुर रानामगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %