कृष्ण सारू मगर
बहराईन, अगष्ट २८ – अन्तराष्ट्रिय नेपाली कलाकार समाजले २६ अगष्ट सुक्रबारका दिन कर्नाटक सोसियल क्लबको सभाहलमा नेपाली दुतावासका महामहिम का.बा राजदुत खगराज पाण्डेको प्रमुख आतिथ्यमा समाजकी अध्यक्ष पवित्रा राईको सभापतित्वमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष अतिथि आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष लाल प्रसाद पुन मगर, नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ, समाजसेवी गम ब.गुरूङ, दिपक गुरूङ लगायत विभिन्न संघ, संस्था, संगठनका प्रतिनिधि, उधोग ब्यावसायी, विशिष्ट ब्याक्तित्व, स्थानिय संचारकर्मीहरूलाई अतिथि ग्रहण गराएको थियो ।
कार्यममा सहभागी समस्त आगन्तुक पाहुनागणमा अन्तराष्ट्रिय कलाकार समाजका सदस्य राष्ट्रिय लोक तथा दोहरी गायीका सरिता दर्लामी, नानीमायाँ परियार, दया भट्टराई र विश्व विनोदको सामुहिक स्वागत गीत प्रस्तुत रहेको थियो ।
प्रमुख आतिथि, दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, विशेष अतिथि गैर आवासीय नेपाली संघका प्रथम उपाध्यक्ष पुन मगर, नेपाली क्लबका अध्यक्ष श्रेष्ठ, गम ब.तमु गुरूङ, दिपक तमु गुरूङ लगायत अन्य समाजसेवी वक्ताहरूले हरूले आ-आफ्नो धारणा राख्दै शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा समाजले विभिन्न कलाकारहरूको तीज गीत तथा नृत्यको प्रस्तुतिले उपस्थित सबैलाई भरपुर मनोरञ्जन गराएको थियो ।
विगतका वर्षहरूमा झै यसपटक पनि खुल्ला नृत्यमा अनेकस आयोजकले पुरस्कारको ब्यावस्था गरेको थियो । प्रथम मन्जु सुनार, द्धितिय, विष्णु मायाँ थापा र तृतीय मुना पनेरू बस्नेतलाई क्रमश: समाजका सल्लाहकार नारायण रपाल विश्वकर्मा, तिलक सापकोटा र हिमलाल पाण्डेले उक्त पुरस्कारलाई प्रदान गरेका हुन् ।
सोही कार्यक्रममा प्रमुख आतिथि, विशेष अतिथि सभापतिले सामुहिक रूपमा गीतकार जानुका पौडेलको पहिलो प्रस्तुति शिव दर्शन डिजिटल प्रालि द्वारा उत्पादित पञ्चेबाजामा रहेको साह्रै जोस उठायो गीति एल्बमलाई लोकार्पण गरेको थियो ।
प्रमुख अतिथि, नेपाली दुतावासका महामहिम का.बा. राजदुत पाण्डे, वरिष्ठ समाजेवी गम ब.तमु गुरूङको सह्योगमा समाजकी अध्यक्ष सभापति राईले समाजसेवी मायाँ गुरूङलाई सम्मान पत्र प्रदान गरेको छ ।
साँस्कृतिक कार्यक्रमलाई विश्व विनोद र नितु बस्नेतले संयुक्त रूपमा संचालन गरेको तीज विशेष कार्यक्रम अशिम महतको संचालनमा सम्पन्न भएको छ ।