प्राबिधिक विना सवारी जाचपास, प्राविधिकको नाउमा अवैध असुली !

Read Time:2 Minute, 59 Second

देब पचभैया

पाल्पा, भाद्र १२ – कार्यालयबाट सेवा प्रवाह भएको ढेड बर्ष नपुग्दै पाल्पा स्थित यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सवारी साधन जाच पासको नाममा अवैध असुली भैरहेको गुनासो बढेको छ । केही महिना अघि देखि कार्यालयका कर्मचारीले अवैध रुपमा सवारी चालक र सवारी धनीबाट रकम असुल्न थालेको स्थानियले बताएका छन् ।

प्राविधिकविना सवारी साधन जाँचपास गर्दै आएका कार्यालयमा प्राविधिकको नाममा अवैध रुपमा रकम लिने गरिएको हो । बर्तुङ्गका कर्मचारीले सवारी साधन जाचपास गर्दा प्राविधिकलाई बुझाउनु पर्ने र बुटवलबाट प्राविधिक ल्याएर काम गराउनु पर्ने भन्दै बढी रकम लिने गरेका छन् । विभागको अख्तियारी भन्दै सेवा दिने नाममा अवैध पैसा उठाउने गरेको सवारी चालक तथा गाडी मालिकको गुनासो छ । सरकारी राजश्वर साना सवारी साधनको २ सय र ठूला सवारीको ३ सय रहेको छ । तर कर्मचारीहरुले कम्तीमा ७ सयदेखि एक हजार सम्मे लिने गरेका छन् ।

सेवा कार्यालयका  प्रमुख कालीदास बस्यालले भने विभागको स्वीकृति लिएर सवारी जाचपासको काम भएको तर बढी रकम नलिएको दाबी गर्नुभयो ।
यातायात व्यवस्था कार्यालय लुम्बिनी वुटवलका प्रमुख देवीराम भण्डारीले प्राविधिक नभएकाले राजश्व मात्र असुल्न सक्ने तर सवारी साधनको जाचपास गर्न नसक्ने बताउनुभएको छ ।

यातायात कार्यालय बुटवलमा रुट परमिट लिनसमेत उस्तै समस्या भएको सवारी धनीको गुनासो छ । उनीहरुले पश्चिम नेपाल बस व्यवसायी संघ मार्फत् रुट परमिट लिन जादा र अन्य यातायात व्यवसायी मार्फत् जादा फरक ब्यवहार भएको बताएका छन् । रुट अनुमति लिदा २ सय ७० देखि १ हजार ८ सयसम्म राजश्व तिर्नुपर्छ । तर कार्यालयमा पश्चिम नेपालमार्फत् गए ५ हजार र अन्य यातायातमार्फत् जादा २० हजारसम्म अनुमतिकालागि रकम तिर्नुपरेको उनीहरुको गुनासो छ ।

पाल्पामा सवारी साधनको कर असुली, ब्लुबुक नविकरण, बाटो इजाजत पत्र नविकरण, सवारी जाचपास, अस्थायी रुट इजाजत लगायतका काम हुदै आएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %