रूद्र श्रीसमगर
पोखरा, भदौ १२ – नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिले एकाइमा आबद्ध मगर महिला दिदीबहिनीहरूलाई हरितालिका तीजको पूर्व सन्ध्यामा दर खुवाएको छ ।
संयुक्त रूपमा शनिबार आयोजित दिदीबहिनी भेटघाट तथा दर खाने कार्यक्रममा डेढ सयभन्दा बढी मगर महिलाहरूको सहभागिता रहेको थियो । सो अवसरमा मगर महिलाहरूले विभिन्न तीजे भाका तथा झोरा गीत गाउँदै नाचगान गरी रमाइलो समेत गरेका थिए ।
कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्यसमिति कास्कीका सदस्य एवं जनसम्पर्क तथा प्रचार–प्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगर, एकाइका सल्लाहकार इञ्जिनियर बमबहादुर श्रीसमगर, एकाइ अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्रप्रकाश थापामगर, मगर महिला एकाइ अध्यक्ष देउरुपा श्रीसमगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्रबहादुर श्रीसमगरलगायतले जुनसुकै जाति र धर्मको भएपनि चाडबाड मनाउनु सहिष्णुताको प्रतीक भएको बताएका थिए ।
नेपाल मगर संघ तथा मगर महिला संघ माटेपानीको दिदीबहिनी भेटघाट सम्पन्न !
