गोविन्द घर्ती
देवदह, भदाै १२ – सामुदायिक वनका सम्पूर्ण उपभोक्ताहरुले विद्यान र कार्ययोजना अध्ययन गर्नुपर्ने भलुही ईलाक वन कार्यालयका प्रमुख राजन खड्काले बताउनु भएको छ । उहाले उपभोक्ताहरु सामुदायिक वनको शक्तिशाली निकाय भएकोले उपभोक्ताहरु सजग र सचेत बन्नु पर्नेमा जोड दिनु भयो ।
सामुदायिक वनको साधारण सभामा चित्त नबुझेका कुरा खुल्ला रुपमा राख्नु पर्ने भन्दै वनको संरक्षण, सम्वद्र्धन, विकास र सदुपयोगमा सवै उपभोक्ताहरुको सम्मान सहभागिता हुन जरुरी रहेको खड्का ले बताउनु भयो । बुद्धनगर सामुदायिक वन उपभोक्ता समुह देवदह–१०, घोडाहाको १४ औं साधारणसभा तथा छैठो अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो ।
सहायक वन अधिकृत खड्काले बुद्धनगर सामुदायिक वन उपभोक्ता समुहका सम्पूर्ण उपभोक्ताहरु सचेत भएको कारणले वन हैसियत राम्रो भएको दावी गर्नु भयो । सोही अवसरमा बोल्दै गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारीले वनको संरक्षण संगै सदुपयोग गर्नु पर्नेमा जोड दिनु भयो । उहाले बैज्ञानिक वन व्यवस्थापनले वनको संरक्षण र सम्वद्र्धन गर्न सजिलो भएकोले सम्पूर्ण सामुदायिक वनहरुले बैज्ञानिक वन व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनु भयो । सामुदायिक वनका अध्यक्ष जीवलाल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार धुव्रप्रसाद खरेल, देवदह साप्ताकिका प्रकाशक त्रिलोचन दहाल, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, रोहिणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर रसाईली, उपभोक्ता खेमबहादुर चौहान लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा बयोवृद्ध प्रेमकला खनाल, बद्धिबहादुर क्षेत्री, टोपलाल पाण्डे, बलबहादुर मगर, पार्वती खत्री, नन्दलाल ढकाललाई सम्मान गरेको थियो । त्यसैगरी मनसुभा गुरुङ्ग, खेमकुमारी पौडेल, हरिकला ढकाललाई घुम्तिकोष मार्फत आर्यआर्जन गर्न सफल भएकोमा सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष पूर्णिमा गुरुङ्गले करिव २९ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
अधिवेशनले जीवलाल रेग्मीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा लक्ष्मी विक, सचिवमा रुक्मागत काफ्ले, सहसचिवमा गंगा खरेल, कोषाध्यक्षमा पूर्णिमा गुरुङ्ग रहनु भएको छ । सदस्यहरुमा रेनुका मगर, चेतमान श्रेष्ठ, प्रेम विक, खेमबहादुर चौहान, दण्डपानी पौडेल, सिता पाण्डे, कमला ढकाल, धनमाया खरेल रहनु भएको छ । शेरबहादुर क्षेत्री संयोजक, विष्णु काफ्ले, पुनम शाही, यज्ञमूर्ति पौडल सदस्य रहेको लेखा समिति गठन गरेको छ । समुहका उपाध्यक्ष लक्ष्मी विकको स्वागत र सचिव रुक्मागत काफ्लेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
