गोविन्द घर्ती
देवदह , भद्रौ ११ – तारा पुञ्ज बचत तथा ऋण सहकारी संस्था देवदह भलुहीले तीजगीत प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाले महिलाहरुको महान पर्व तीजको अवसरमा सहकारी सम्वन्धी तीजगीत प्रतियोगिता सम्पन्न गरेको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले तीजको गीत मार्फत आम नागरिकलाई सचेत र सजग गराउनु पर्नेमा जोड दिएका थिए । अहिले तीजको नाममा हुने विकृति र विसंगतिलाई हटाउदै तीजपर्व मनउनु पर्ने बताएका थिए । उनीहरुले सहकारीले सहकारी सम्वन्धी जनचेतना जगाउन तीजगीतको प्रयोगिता आयोजना गरेको प्रति प्रसंशा गरेका थिए ।
संस्थाका अध्यक्ष खड्कबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गौतम बुद्ध स्वास्थ्य सहकारी संस्थाका अध्यक्ष भोजप्रसाद श्रेष्ठ, जिल्ला बचत संघका लेखा सदस्य रुका सापकोटा, देवदह सहकारी संस्थाका उपाध्यक्ष ऋषिराम सापकोटा, होमनाथ ढुगाना लगायतले आ-आफना भनाई राख्नु भएको थियो ।
प्रतियोगितामा राधिका साहनीको समुह प्रथम, धनमाया थापाको समुह द्धितिय र रिता खत्रीको समुह तृतिय भएको छ । प्रतियोगिताको निर्णाकको भूमिका राष्ट्रिय कलाकार तेजु अर्यालले गर्नु भएको थियो । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको थियो । सोही अवसरमा निशुल्क स्वास्थ्य शिविर सेमत सम्पन्न गरेको छ ।
संस्थाको आयोजना र देवदह मेडिकल कलेजको व्यावस्थापनामा भएको निशुल्क स्वास्थ्य शिविरमा करिव २ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । संस्थाका उपाध्यक्ष केशवप्रसाद भट्टराईको स्वागत र सचिव टोपबहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
