नेपालले अंग्रेजलाई पराजित गरेको संझनामा पाल्पामा सिन्दुर जात्रा मनाईयो !

Read Time:4 Minute, 6 Second

देब पचभैया

पाल्पा, भाद्र १० – नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसियालीमा आज पाल्पामा बिजय उत्सब स्वरुप रणउज्जेश्वरी भगतिको सिन्दुर जात्रा मनाईएको छ । विश्वको भु–भागलाई आफ्नो मुठ्ठिमा कब्जा गरेको ब्रिटिश सम्राज्यबादलाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा एतिहासीक भगवति जात्रा स्वरुप बिजय उत्सब मनाउने  प्रचलन रहेको हो ।

तत्कालीन समयमा नेपाली सेनाले चलाएको बिजय जात्रा अहिले पाल्पाको सबैभन्दा ठुलो पर्ब र जात्राको रुपमा परिचित हुदै गएको छ । कर्णेल उजिर सिंह थापाले १९७७ मा निर्माण गरेको रथलाई नै आज सम्म बिजय जात्राको रुपमा संचालन गरिदै आईएको छ ।

मन्दिर बाट निकालेको जात्रा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले बली चढाएपछी तानसेनको परिक्रमा गराईएको थियो ।  भगवतिको रथलाई तानसेनको प्रशासन, शितलपार्टी, भगवति टोल, बसन्तपुर, कैलाश नगर, हुदै पुन शितलपार्टी, असनटोल, नारायण स्थान, भिमसेन टोल, नगरपालीका, गरुण दल गण, बसपार्क, बढिज्ञानटोल, मखनटोल सिलखान टोल, टक्सार हुदै मन्दिरमा ल्याउने परम्परा रहदै आएको छ ।

अंग्रेज संगको युद्धमा जानु अघि प्रशासक उजिर सिंह थापाले युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाउने र प्रत्येक वर्ष बिजय जात्रा संचालन गरेर भगवतिको महिमा फैलाउने भाकल गरेको इतिहासमा उल्लेख गरिएको छ । सोहि अनुरुप शक्तिशाली अग्रेजलाई युद्धमा सजिलै हराएपछि १८७६  देखि  यो रथजात्रा मनाउन लागिएको हो । राष्ट्रको जित भएको अबसरमा यस जात्रालाई राष्ट्रिय जात्राको रुपमा मनाउन शुरु गरिएको छ ।

कर्णेल उजिर सिंहले भगवतिको मन्दिर बनाएको र जात्रा संचालन गरेकोले श्री ७ रणउजेरेश्वरी भगवति जात्रा प्रचलीत रहदै आएको छ । युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अग्रेजलाई पराजित गरेकोले पाल्पामा रहने नेपाली सेनाको गण र जिल्ला प्रशासनले निकै हर्षोल्लासका साथ यो जात्रा मनाउदै आएका छन । आज  निकालिएको भगवति रथलाई नेपाली सेनाले सलामी दिएपछि ३ पटक मन्दिरको परिक्रमा गराएर बजार परिक्रमा गराईएको थियो ।

लडाइ चलीरहेको समयमै अमर सिंह थापाको मृत्यु भएपछि गोर्खाली प्रशासकको रुपमा पाल्पामा उजिर सिंह थापा नियुक्त भएका थिए । थापाले अग्रेज संगको युद्धमा बुटवलको जितगढी लगायतको क्षेत्रमा बिजय हासिल गरेको स्वरुप पाल्पामा भगवति जात्रा मनाउन थालिएको हो ।

जात्राको अघिल्लो दिन देखि नै रातभरी जाग्राम बसेर भगवतिको महिमा गाउने, बिहानै देखि पुजा पाठ गर्ने, मध्यान्ह साइत हेराएर भगवतीको रथ निकाल्ने परम्परा रहेको छ । जात्राको अबलोकनका लागी पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बुटवल, अर्घाखाँची, लगायत टाढा टाढाबाट पनि श्रद्धालुहरुको सहभागीता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %