गोविन्द घर्ती
देवदह, भद्रौ ९ – संस्कृतिको संरक्षण गर्दै तीजपर्व मनाउनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले तीज पर्वमा हुने विकृति र विसंगतिलाई हटाउदै तीजपर्व मनाउनु पर्नेमा जोड दिएका थिए ।
महिलाहरुको महान पर्व तीजको अवसरमा लायन्स क्लव अफ देवदहको आयोजनामा समाज रुपान्तरणमा महिलाहरुको भूमिका विषयक देवदह नगर स्तरीय खुल्ला तीजगीत तथा नृत्य प्रतियोगितामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै लायन्स क्लव ३२५ वि टु का सेकेण्ड भिडिजी लायन सुनिल ओझाले लायन्सले समाजको विकासमा योग्दान दिदै आएको बताउनु भयो ।
उहाले आत्मनिर्भर बन्न सिप र ज्ञानको आवश्यक भएकोले लायन्सले ज्ञान र सिपका कार्यक्रमहरु गर्दै आएको बताउनु भयो । लायन्स क्लव अफ देवदहका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, लायन अरुणप्रताप राणा, होमनाथ ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
प्रतियोगितामा देवदह बोडिङ्ग स्कुलको समुह प्रथम, न्यू लुम्विनी बोडिङ्ग स्कुलका समुह द्धितिय, एशियन लाईट बोडिङ्ग स्कुलका समुह तृतिय र प्रगति आमा समुह सान्त्वना भएको छ । सो अवसरमा राष्ट्रि कलाकार तेजु अर्याल, नविन पौडेल, सरिता पन्थी लगायतले आ–आफना गीतहरु प्रस्तुत गर्नु भएको थियो ।
प्रतियोगितामा लोकेन्द्र शाह, सरिता पन्थीले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । सेक्रेटरी विद्यालक्ष्मी गुरुङ्गको स्वागत र सचिव रामबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
