रूद्र श्रीसमगर
पोखरा, भदौ ९ – नेपाल मगर संघ कास्कीले मगर जातिको मौलिक नाच कौह्राको संरक्षण एवं प्रचार–प्रसार गर्ने उद्देश्यले आगामी मंसिर १८ गते अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
बिहीबार सम्पन्न जिल्ला कार्यसमितिको विस्तारित बैठकले कौह्रा नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । पोखरा सभागृहमा हुने प्रतियोगितामा नेपाल मगर संघ कास्की अन्तर्गतका विभिन्न एकाइ समितिहरूले सहभागिता जनाउनेछन् ।
प्रतियोगितामा नगद पुरस्कार दिइने र बाँकी तयारीका बारेमा आगामी बैठकले तय गर्ने निर्णय गरेको सचिव यामबहादुर थापामगरले जानकारी दिनुभयो ।
