आफनो भाषा संस्कृतिमै रमाउन चाहन्छिन् मेरिना तुम्सा ।

Read Time:3 Minute, 36 Second

भैरब आङ्ला

धरान, भदौ ९ – पुर्वी पहाडी जिल्ला धनकुटाको बोधेमा जन्मिएर मोडलिङमा भविश्य खोज्दै गरेकी मेरिना तुम्सा लिम्वू मिस लिम्वू २०१४ को टप फाईव फाईनलिष्ट हुन् । उनले सो प्रतियोगितामा मिस फ्रेण्डसिप अवार्ड जितेकी थिईन । अहिले सम्म उनले दुई दर्जन भन्दा वढी लिम्वू नेपाली म्युजिक भिडियोमा सफल अभिनय गरीसकेकी मेरिना भन्छिन, आफनो भाषा संस्कृति र पहिचानका लागि हो मोडलिङ ।

मिस मंगोल नेपाल २०१४ मा समेत टप फाईनलिष्ट हुन सफल मेरिना अहिले पनि पुर्वको सुन्दर नगरी धरानलाई आफनो कर्म थलो वनाएर सक्रिय छिन् । विषेश गरेर नेपालीमा भन्दा आफनो भाषा लिम्वू भाषाको म्युजिक भिडियोमा काम गर्दा आफूलाई निक्कै सन्तुष्ट लाग्ने गरेको उनी वताउछिन् ।

लिम्वू भाषाको म्युजिक भिडियोमा अभिनय गर्दा आफनै भाषा संस्कृतिको प्रर्वद्धन संगै आफै आफनो भाषा संस्कृतिमा रमाउदाको मज्जानै बेग्लै हुने मेरिनाको बुझाई छ । धनकुटाको बुधुक क्याम्पसमा शिक्षा संकायवाट स्नातक तहको तेस्रो वर्षको परिक्षा दिएर वसेकी मेरिना तुम्साको रेडियोमा काम गर्ने खुव रुची छ ।

त्यो संगै न्यु मिडिया संग सम्वन्धीत रेडियो टेलिभिजनमा कार्यक्रम संचालक भएर काम गर्ने ठुलो सपना रहेको छ । उनी भन्छिन् यो माध्यमबाट समाज र समुदायलाई सुसुचित गर्न सकु । अहिले सम्म पे्रम सम्वन्धमा आफु नरहेको दावी गर्ने मेरिना माया गरेकै मान्छे संग विवाह होस भन्छिन् ।

२१ वर्षिय मेरिना तुम्सा पहिले आफनो करियर वनाउने अनि विवाहको वारेमा सोच्ने वताउछिन् । धरानमा रहेको विजयपुर एफएममा काम गर्दे गरेकी मेरिना तुम्सा करियरनै संचार क्षेत्रमा बनाउने सोच रहेको वताउछिन् । ५ फिट ३ ईन्च उचाईकी धनि मेरिना संचार क्षेत्रमा रमाउदै शिक्षण पेशामा पनि रमाउने बताउछिन् । लिम्वू जातिको संस्कार संस्कृतिको संरक्षणमा आफनो लगाव र मन भएकोले भविष्यमा पनि अरु लिम्वू जातिको मौलिकता वोकेको चलचित्र, म्युजिक भिडियोमा काम गरेर यो क्षेत्रमा आफुलाई स्थापित गर्न चाहान्छिन् ।

बाबा गजेन्द्र तुम्साको प्रेरणाको कारण आफु यो क्षेत्रमा स्थापित हुदै गरेको वताउने तुम्साको परिवार बोधेमै वसोवास गर्दे आएका छन् । बोधेमा वसोवास गरे पनि नजिकैको शहर धरानमा आफनो भविश्य खोज्दै गरेकी मेरिना तुम्साको भावी सपना पुराहोस हामी यही भन्छौ शुभकामना ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %