इजरायलमा पुर्वमन्त्री अशोक राई र पुर्व राजदुत डा. गणेश योन्जन तामाङ सम्मानित !

Read Time:4 Minute, 26 Second

माया घले मगर

इजरायल, भदौं ७ –  नेपाल आदिवासी जनजाती महासंघ इजरायलको आयोजनामा २२ औं विश्व आदिवासी जनजाती दिवस “नयाँ संविधान पुनर्लेखन द्वारा  पहिचान सहितको अधिकार सुनिश्चित गरौ !” भन्ने मुल नाराका साथ तेलअविव स्थित लेभान्डा ३२ मा रहेको  हलमा भव्यताका साथ सम्पन्न भएको छ |

विश्व आदिवासी जनजाती दिवसको अवसर पारी पुर्व मन्त्री अशोक राई र पुर्व महामहिम राजदुत डा. गणेश योन्जन तामाङलाई कार्यक्रमका सभापति तथा बिशिष्ट अतिथी नेपाली राजदुतावासका कावा महामहिम राजदुत रामेश्वर पौडेलको हातबाट खादा र सम्मान पत्र प्रदान गरेका थियो भने  किराँत राई यायोख्खा ,इजरायल र नेपाल तामाङ घेदुङ, इजरायलको तर्फबाट  संस्थाका अध्यक्ष बाल कुमार राई र कल्पना मोक्तान तामाङले  फेटा ,घलेक/दोसल्ला र खादा  लगाई सम्मान पत्र सहित  सम्मानित गरिएको थियो |

महासंघकी अध्यक्ष निर्मला गुरुङको सभापतिमा संचालन भएको  कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आमन्त्रित संघिय समाज फोरमका वरिष्ठ नेता तथा पुर्व माननीय मन्त्री अशोक राई, विशिष्ट अतिथीहरुमा नेपालबाटै आमन्त्रित जापानका लागी पुर्व महामहिम डा. गणेश योन्जन, नेपाली राजदुतावासका कावा महामहिम राजदुत रामेश्वर पौडेल रहनु भएको थियो |

अतिथिहरुमा महासंघका संस्थापक अध्यक्ष, संस्थापक महासचिव, एनआरएनएका अध्यक्ष, महासंघमा आवाद्ध सात वटा जातिय संस्थाका अध्यक्षहरु साथै बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको साथमा अनलाइन मिडियाकर्मीहरु रहेका थिए | महासंघकी तृतीय उपाध्यक्ष  लक्ष्मी योन्जन तामाङको  संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन सभापति,प्रमुख अतिथी साथै बिशिष्ट अतिथीहरुबाट गरेका थिए भने स्वागत  मन्तव्य  संस्थाका  कार्यकारी सदस्य  नरेश श्रेष्ठले  राख्नु भएको थियो |

कार्यक्रममा  प्रमुख अतिथी बिशिष्ट अतिथीहरु र कार्यक्रम संयोजकले बिश्व आदिवासी  दिवसको शुभकामना सहित आ-आफ्नो मन्तव्य राख्नु भएको थियो | महासंघमा आवाद्ध जातिय संस्थाबाट आ-आफ्नो जातिय पहिचान झल्कने साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थियो | महासंघको संस्थापक महासचिव सुन्दर सिंह लामा तामाङको शब्द रचना भएको जातिय पहिचान झल्कने तामाङ भाषाको गीति एल्बम “ज़्यावाडान्वा” को बिमोचन समेत गरिएको थियो |

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष तेन्जिङ शेर्पा, संस्थापक सदस्य बालकुमार राई र पुर्व अध्यक्ष डोमा शेर्पालाई संस्थालाई पुर्याउनु भएको योगदानको उच्च मुल्यान्कन गर्दै सम्मान पत्र  द्वारा सम्मान गरिएको थियो | अन्तमा कार्यक्रमका सभापति निर्मला गुरुङले २२ औ बिश्व आदिवासी दिवस सफल पार्न उपस्थित सम्पूर्ण  महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नु हुँदै कार्यक्रम समापन भएको घोषण गरेकी थिईन् |

कार्यक्रम संस्थाका  महासचिव  र सचिव द्वारा  कुशलतापुर्वक उद्घोषण गरी संचालन गरिएको थियो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %