मगरघाट समिक्षा भवन निर्माण सहयोगका निमित्त हार्दिक अपिल !

Read Time:2 Minute, 37 Second

 

मगरघाट समिक्षा भवन निर्माण सहयोगका निमित्त श्रद्धेय मगर तथा सम्पूर्ण नेपाली महानुभावहरूमा हार्दिक अपिल !

अादरणिय महानुभावज्यूहरू हजाराै बर्ष अघिका अादिम मानव रामापिथेकषको भूमी शान्तिका अग्रदूत भगवान बुद्ध सिद्धार्थ गाैतमकाे पवित्र जनम भूमी श्रद्धालु भक्तजनहरूको अटुट विश्वास श्री शिद्धबाबा मन्दिर अबस्थित बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिकाको सिमानामा रहेको योगिकुटीबाट झन्दै ५०० मिटर पश्चिम तिलोत्तमा नदी, तिनाउ नदिको पावन काख किनारमा अवस्थित मगरघाट बिक्रम सम्बत २०३९ सालमा स्थापना प्रारम्भ भएको हो । २०४७ साल यता मगरघाटले विकाश निर्माणमा ब्यापकरूपमा गति लिन थाल्यो ।
मगरघाट नामाकरण भएतापनि सबै नेपालीहरूको परम्परा अनुरूप सार्वजनिक दाहसंंस्कारको रूपमा यो बिकसित भएको छ ।
अार्यघाट जस्तै- बिकाश निर्माण तपसिल बमाेजिम भइरहेका छन ।
१- क्रियापत्री बसने घर निर्माण गर्ने ।
२- चमेना गृह निर्माण गर्ने ।
३- पुरूष-महिलाको शाैचालय निर्माण गर्ने ।
४- मगरघाटको हाता भित्र बिभिन्न स्थानमा बृक्षारोपण गर्ने ।
५- घाट संरक्षणका निमित्त तिनाउ नदीमा तटबन्ध गर्ने ।
६- दाहसंस्कार गर्नको निमित्त बिधुतिय भट्टी निर्माण गर्न सरकार, संघसंस्था संग सहयोग माग गर्ने ।
७- पिउने पानी टंकी निर्माण गर्ने ।
८- हाल निर्माण भइरहेको ५०० ब्यक्ति अटाउने क्षमताको भवन निर्माण भैरहेको सहर्ष जानकारी गराउदै देश बिदेशमा रहनुहुने महानुभावहरू प्रति अाग्रह गर्दै हङकङमा पनि उक्त भवन निर्माणका निमित्त यथा सक्य अार्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछाै ।

प्रार्थीः
संयोजक- हेम राज थापा, एवम सदस्यहरू, सल्लाहकारहरू
मगरघाट संयोजक समिति हङकङ ।

तस्विरहरूः

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %