देवदहको पुनः संरचनाको लागि सम्पूर्ण राजनैतिक दलहरु एक जुट हुनुपर्ने !

Read Time:2 Minute, 39 Second

गोविन्द घर्ती

देवदह, भद्रौ ६ – देवदहको पहिचानलाई कायम राख्दै स्थानीय निकायको
पुनः संरचनामा जानु पर्ने रुपन्देहीको देवदहमा आयोतिज एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले देवदह क्षेत्र ऐतिहासिक र पुरातात्तिक हिसावले महत्वपूर्ण रहेकोले देवदहको अस्तित्वलाई बचाउनको लागि सम्पूर्ण राजनैतिक दलहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । देवदह नगरपालिकाद्धारा आयोजित राज्य पुनः संरचना निर्माण अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह नगरपालिकाको अस्तित्वलाई कायम राख्न अन्य गाविसलाई मिलाएर स्थानीय निकायको पुनः संरचना गर्नुपर्नेमा जोड दिएका हुन ।

राज्य पुनः संरचना आयोगले तयार गरेको नगरपालिको मापदण्ड पुरा गर्न छिमेकी गाविसहरुको बिकल्प खोज्नुपर्ने बताएका थिए । राज्य पुनः संरचना आयोगको प्रस्ताव अनुसार ५ सय ६५ स्थानीय निकायको पुनः संरचना गर्ने अनुसार गाउ पालिकालाई ५० हजार, नगरपालिकालाई ७५ हजार जनसंख्या आवश्यक हुन्छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले देवदह नगरपालिका कायम गर्न बिकल्पको रुपमा मक्रहर, सिक्टन, पट्खौली गाविसलाई देवदह नगरपालिकामा मिसाउने तथा तिलोत्तमा या बुटवल संग मिसिएर भएपनि देवदहको अस्तित्व कायम गर्नु पर्नेमा जोड दिएका थिए ।

देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, शैक्षिक संस्थाका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । देवदह नगरपालिकाका कर्मचारी विष्णु वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %