गोविन्द घर्ती
रुपन्देही, भद्रौ ४ – राजनैतिक पहुचले मात्र अधिकार प्राप्त गर्न सकिने नेकपा एमाले रुपन्देहीका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले बताउनु भएको छ । उहाले अधिकार प्राप्तीको लागि राजनीति गर्न आवश्यक रहेकोमा जोड दिदै नेकपा एमालेले पिछडिएका समुदायको अधिकारको लागि नेकपा एमाले लागि परेको दावी गर्नु भयो ।
नेपाल लोकतान्त्रिक मगर संघ देवदह नगर समितिको प्रथम अधिवेशनलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले नेकपा माओवादी केन्द्र काग्रेसको जालोमा फसेका कारण केपी ओलीको गठनवन्धन सरकार विघटन भएको दावी गर्नु भयो ।
अध्यक्ष श्रेष्ठले राष्ट्रियताको पक्षमा ओली सरकार अडिग रहेका कारण भारतले नेपाली काग्रेसलाई प्रयोग गरी गठवन्धन सरकार ओली नेतृत्वको सरकार विघटन गरेको आरोप लगाउनु भयो । उहाले समाजवादले मात्र देशको विकास गर्ने भएकाले नेकपा एमाले त्यस तर्फ अगाडि बढिरहेको बताउनु भयो । सोही अवसरमा बोल्दै लोकतान्त्रिक मगर संघ रुपन्देहीका अध्यक्ष पदम थापाले सम्पूर्ण मगरहरु एकजुट भएर लागे मात्र अधिकार प्राप्त गर्न सकिनेमा जोड दिनु भएको थियो ।
कुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सल्लाहकार वालकुमार श्रेष्ठ, पार्टीका क्षेत्रीय उपाध्यक्ष लक्ष्मी पंगेनी, क्षेत्रीय सदस्य भिमप्रसाद गुरुङ्ग, वीरबहादुर थापा, टेकबहादुर पुलामी, खरसिं श्रीष, रामबहादुर थापा, खेमबहादुर थापा, भविन्द्र थापा, लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
अधिवेशनले खेमबहादुर चौहानको अध्यक्षतामा १३ सदस्यीय नेपाल लोकतान्त्रिक मगर संघ देवदह नगर समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रिता थापा, सचिवमा रामबहादुर थापा, उपसचिवमा टेकबहादुर पुलामी रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा पूर्णबहादुर थापा, रनमाया सारु, सावित्री सारु, तमबहादुर पाण्डे, भविसरा थापा, दुर्गाबहादुर थापा, विष्णु वराल, टेकबहादुर पुन, जमुना बुढा रहनु भएको छ ।
दलबहादुर थापाको स्वागत र यम रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
